भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
टोकियो, फागुन १३ – विभिन्न देशका भिन्न
भिन्न चाल चलन र परम्पराको बारेमा तपाईंले
सुन्नुभएकै होला तर संसारमा त्यस्ता पर्व
पनि छन् जसमा मानिसहरु बिना कपडा नै
सरिक हुने गर्दछन् । हो, यस्तै.प्रकारको एउटा पर्व
जापानको ओकायामास्थित
सेदैयजी टेम्पलमा मनाइएको छ । हदका मत्सुरी नामक
यो पर्वलाई नेकेड फेस्टको नामले पनि चिनिन्छ ।
यो नग्न पर्वमा हरेक वर्ष १०,००० पुरुषहरु भाग लिने
गर्दछन् जुन पारम्परिक वस्त्र फनदोशी (लायन क्लोथ)
मा देखा पर्ने गर्दछन् ।
यो पर्वको दौरान जुन ताबिज (बुटी) फ्याँकिन्छ
त्यसलाई समात्नका लागि मानिसहरु
मन्दिरको प्रांगणमा ठेलाठेल गर्दै उपस्थित
भएका हुन्छन् । जो मानिसले
पुजारीद्वारा फ्याँकिएको बुटी समात्न सफल हुन्छ
त्यो व्यक्तिले वर्षदिन सम्मको लागि सुख प्राप्त गर्ने
जनमान्यता रहेको छ । सबैभन्दा अचम्मको कुरा के छ
भने यो प्रथा सन् १५१० देखि चलिआएको छ ।

0 comments:
Post a Comment