भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कतारकोपुनरावेदन अदालतले स्याङ्जाका कुशल
कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो
अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१
तारिखमा ‘क्रिमिनल कोर्ट’लेमृत्युदण्डको फैसला
गरेपछि कार्की पुनरावेदन गएका थिए । ‘पुनरावेदनले
पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो,’ कार्कीले
कान्तिपुरसँग भने । २०१२ अक्टोबर २० मा
महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या
गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर
गरेको हो ।नेपाली दूतावासले यसअघि नै अदालतले
मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र
मन्त्रालयलाई जानकारी दिइसकेको थियो ।
कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र
पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति
गराउन आवश्यक रहेको बताए । ‘पीडक र पीडित दुवै
नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा
सजाय कार्यान्वयन हुँदैन, उनले भने, ‘सम्बन्धित
पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन
हामीले माथिल्लोतहमा भनिसकेका छौं ।’
अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन्
। कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई
मनाउन आग्रह गरेको बताए । ‘मबाट गल्ती भयो ।
यसमा मेरो पश्चाताप छ,’ उनले भने, ‘पीडित
परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु
।’ सामान्यतया कतारको कानुनअनुसार पीडित
परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि
स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ
ब्लडमनिबापत दुई लाख रियाल -५२ (लाख रुपैयाँ)
दिइने नियम छ । कतार आएको तीन महिनामै उनी
हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम
नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका
सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी
हत्यागरेका थिए ।
कतारमा नेपालीले नेपालीकै हत्या गरेको
अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन
भइरहेको छ । ती हत्याको अभियोग लागेका
नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा
छन् । बालिकालाई छोएको अभियोगमा तीन वर्ष
सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई
यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद मिनाहा
गरिदिएको छ । कतारको साउदीय
हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका
पाखापनी-९, रोल्पाका ३० बर्षीय ओलीलाई
बालिकालाई छोएको अभियोगमाथि जुन २१
तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय
सुनाएको थियो । उनलाई गत मार्च १६ तारिखमा
मार्केटबाटै पक्राउ गरिएको थियो ।
पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले
कान्तिपुरलाई भने, ‘अब मार्चसम्म जेलमा बसेपछि
र्फकन पाउनेछु ।’ तल्लो अदालतको आदेशविरुद्ध
पुरावेदनमा अपिल गर्न ओलीलाई नेपाली दूतावासले
वकिलको व्यबस्था गरिदिएको थियो । उनले
हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको
प्याकेट खसेर बालिकालाई लागेको बताए ।
स्थानीय महिलाले भने उनले बालिकालाई छोएको
भन्दै ओलीमाथि मुद्दा दायर गरेकी थिइन ।
0 comments:
Post a Comment