भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७१ साल चैत १८ गते। बुधबार। इश्वी सन्
२०१५ अप्रिल १ तारिख.....
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
सुखद समाचारले अझ
उत्साह बढ्नेछ। नयाँ
ज्ञान सिक्ने मौका छ।
व्यापार–व्यवसायमा
विशेष लाभ लिने समय
छ। व्यावसायिक यात्रा सम्भावना छ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने
देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ
सवारी साधन प्राप्तिको योग छ।
आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै
भरमा विशेष काम सम्पादन हुन सक्छ,
क्रियाशील रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
मान्यजनसँग असमझदारी
बढ्न सक्छ। विगतका
निर्णयले काममा
चुनौती आउने देखिन्छ।
मान्यजनको सुझाव
अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना
गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
काममा परिवारजनको सहयोग जुटाउन
सक्दा फाइदा होला। मातृशक्तिको
राय–सुझावबाट पनि लाभ उठाउन
सकिनेछ। पशुधन र जमिनबाट सामान्य
लाभ मिल्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
नयाँ काम सुरु गर्ने समय
छ। मनग्ये धनलाभ हुनेछ।
साथीभाइले पनि राम्रै
सहयोग जुटाउनेछन्।
विशेषगरी नयाँ उद्योग
वा रचनात्मक काममा जुट्ने समय छ।
परिश्रमअनुसार उपलब्धि पनि राम्रै
पाइएला। रोकिएका काम पुनः सुरु हुन
सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी
परिश्रम र लगानी गर्नुपर्ला।
परिवारजनबाट पनि अलि टाढिनुपर्ने
समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
मान–सम्मान बढ्नेछ।
बोलीको भरमा काम
सम्पादन हुने योग छ।
विचारले धेरैलाई आकर्षण
गर्ने समय छ। धेरै व्यक्ति
तपाईंका प्रशंसक बन्नेछन्। सहयोगीहरूले
काममा साथ दिनेछन्। राम्रै फाइदाको
योग छ। विगतको श्रमबाट प्रशस्त धन
लाभ हुनेछ। रोकिएका काम सम्पादन
हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष
सभा–समारोहमा सहभागी बन्ने मौका
छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
प्रतिष्ठित काम गर्ने
मौका छ। आत्म–
विश्वास बढ्नेछ।
विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुन सक्छ।
पारिवारिक जमघटमा मन रमाउनेछ। मन
पर्ने वस्त्र, अलंकार आदि वस्तुहरू उपहार
पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द
समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ।
सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
रोकिएका काम सम्पादन हुने र नयाँ काम
पाइने योग छ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
केही मात्रामा खर्च
बढ्नेछ। आलस्य जाग्नेछ ।
काममा लगानीको
समय छ। काममा केही
चुनौती आइलाग्लान् ।
दण्ड वा जरिवानामा परिने योग छ,
धैर्यले काम लिनुहोला। छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ । तापनि,
प्रतिस्पर्धाबाट फाइदा उठाउन
सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने
मौका छ । स्थानान्तरण र टाढाको
यात्रा सम्भावना छ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
आम्दानीको नयाँ
स्रोत फेला पर्नेछ।
उठ्नुपर्ने रकम हातलागी
हुने समय छ। कृषि तथा
पशुपालनमा त्यति लाभ
नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने
योग छ। गरेका कामबाट प्रशस्त लाभ हुने
समय छ। श्रमको उचित मूल्यांकन होला।
पढाइमा प्रगति हुनेछ। समय उत्साहवद्र्धक
रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ।
पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो
लाभ हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ। दाम,
इनाम र प्रतिष्ठा
कमाउने बेला छ ।
सामाजिक कामको
दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ।
व्यापारमा प्रशस्त फाइदा हुनेछ।
काममा मातापिताको सहयोग प्राप्त
होला। प्रतिष्ठित काम गर्ने मौका छ।
अरूलाई प्रभावित पारेर काम बनाउ
सकिनेछ। कर्मसिद्धिको समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
सामाजिक
उत्तरदायित्व वहन गर्ने
समय छ। रोकिएका
काम समेत सम्पादन हुनेछन्
। नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ ।
धार्मिक तथा परोपकारजन्य
क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम
परे पनि काममा सफलता मिल्नेछ। मंगलमय
कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग
छ। सानो प्रयासले भाग्योन्नतिको
समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
काममा केही चुनौती
देखिनेछन्। तापनि,
सहयोगीहरूले काममा
तत्परता देखाउनेछन्।
प्रयत्न गर्दा गोप्य रहस्य
पत्ता लगाउन सकिनेछ। नसोचेको वस्तु
लाभ हुने समय छ। तर, सानातिना काम र
घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
स्वास्थ्यमा बाधा, अनायास क्षति
जस्ता समस्याले पनि सताउलान्।
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा
होला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
विगतका समस्या
दोहोखिन सक्छन् ।
प्रयत्न गर्दा
व्यावसायिक काम
सम्पादन हुनेछन् । तर
व्यापार–व्यवसायमा सोचेको लाभ
नमिल्न सक्छ । यात्रामा पनि समस्या
आउने र बाध्यताका काममा जुट्नुपर्ने योग
छ । दाम्पत्य सम्बन्धमा असमझदारी वा
प्रतिस्पर्धाको समय छ । विद्यामा
कमजोरी र लेनदेनमा विवाद होला।
सवारीसाधन उपयोग गर्दा अलि
सावधानी अपनाउनुपर्ला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
हिम्मतले फाइदा उठाउन
सकिने समय छ। व्यापार
सामान्य र
व्यावसायिक काममा
राम्रै फाइदा होला।
प्रशस्त धन सञ्चय गर्न सकिनेछ। तर,
अधिकारका लागि केही प्रतिस्पर्धा
गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्।
तापनि, प्रयत्न गर्दा काममा सफलता
मिल्नेछ। यात्रामा विशेष लाभ होला।
शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–
मामिलामा पनि विजयी भइनेछ।
0 comments:
Post a Comment