भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशी
शक्ति केन्द्रको चलखेलका कारण पुनः राजतन्त्र आउन
सक्ने आशंका व्यक्त गरेका छन् ।
उनले विदेशी शक्ति केन्द्रहरुले राजनीतिक दलहरुलाई
असफल बनाउन ओजेको आरोप समेत लगाएका छन् ।
सचिव गुरुङले अहिले संविधान जारी हुन नसक्नुको
प्रमुख कारण समेत विदेशी शक्ति राष्ट्रहरु भएको दाव
गरे ।
उनले नेपालका नेताहरु भारत परस्त भएको भन्दै हरेक
निर्णय भारतले चाहेको खण्डमा मात्र हुने दावी गरे
। उनले राजनीतिक दलहरु भारतको रबर स्टाम्प भएको
टिप्पणी गरे ।
रफत सञ्चार क्लव भक्तपुरमा मंगलबार भएको
अन्तरसंवाद कार्यक्रममा गुरुङले यस्तै संक्रमणकाली
अवस्था देशमा भइरहे सैनिक शासन वा त्यो भन्दा
पनि खतरनाक अवस्था देखिन आउन सक्ने भन्दै चिन्ता
व्यक्त गरे ।
उनले दोस्रो संविधानसभाबाट पनि जनताको
भावना संवोधन हुने संविधान नआउने दावी गर्दै
संविधान आएपनि त्यो राणकालीन समयको जस्तो
हुने भनि टिप्पणी गरे ।
सचिव गुरुङले सर्वपक्षीय राजनीतिक सभा मार्फत
मात्र निकास निस्कन सक्ने भन्दै दलहरुलाई गंभिर भएर
अघि बढ्न समेत आग्रह गरे ।
0 comments:
Post a Comment