Home » » नीतिगत परिवर्तन हुन्छ : गभर्नर

नीतिगत परिवर्तन हुन्छ : गभर्नर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : सरकारले एक महिनादेखि जारी
अनिश्चितता अन्त्य गर्दै प्रधानमन्त्री सुशील
कोइरालाका आर्थिक सल्लाहकार चिरञ्जीवी
नेपाललाई बिहीबार राष्ट्रबैंकको १६ औं गभर्नर
नियुक्त गरेको छ।
निवर्तमान गभर्नर युवराज खतिवडाको बैंक तथा
वित्तीय संस्थालाई 'माइक्रो म्यानेजमेन्ट' गर्ने
स्वभावप्रति असहमति राख्दै आएका नेपाल बैंक तथा
वित्तीय संस्थालाई 'माइक्रो म्यानेजमेन्ट' गर्ने
पक्षमा छैनन्।
नियुक्तिलगत्तै आफ्नो भावी कदमबारे उनले अन्नपूर्णसँग
भने, 'राष्ट्रबैंकमा केही नीतिगत परिवर्तन हुन्छ।' उनले
गभर्नरका रूपमा आउने चुनौतीसँग आफू अनभिज्ञ नरहेको
समेत बताए।
कांग्रेस पृष्ठभूमिका नेपाल प्रधानमन्त्री निकट भएकैले
उनलाई गभर्नर बनाउन अर्थमन्त्री रामशरण महतसमेत
राजी भएको जानकारी स्रोतले दियो।
बाहिरबाट हेर्दा अर्थतन्त्र स्वस्थ देखिए पनि
राजनीतिक संक्रमणकाल लम्बिँदै जाँदा कमजोर
सरकार तथा अति उत्साहित निजी क्षेत्रका कारण
वित्तीय क्षेत्रमा केही विकृति देखिन सुरु भइसकेकाले
नयाँ गभर्नरलाई पाँचबर्से कार्यकाल सहज छैन।
पछिल्ला महिनामा रेमिटेन्सको घट्दो दरले
शोधनान्तर स्थिति सन्तुलनमा रहन सकेको छैन।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा
लगातार वृद्धि हुनु तर रेमिटेन्सको दर भने ओरालो
लाग्नु शंकास्पद छ।
गैरबैंकिङ प्रणालीमार्फत अन्यत्र चुहिन थालेको
रेमिटेन्स बैंकिङ प्रणालीभित्र ल्याउनु नेपालको
चुनौती हो। विगतमा सुन आयातले शोधनान्तरमा
पारेको असर अहिले चाँदीको बढ्दो आयातले पार्न
सक्छ।
देशभित्र खपत हुनेभन्दा बढी वस्तु आयातले
शोधनान्तरमा असर पार्ने हुँदा राष्ट्र बैंकको
यसबारेको कदम नेपालको अर्को चुनौती हो।
मुद्रा निर्मलीकरण र पुँजी पलायनको क्रम बढिरहेको
र अनौपचारिक अर्थतन्त्र मौलाउन थालेकाले बैंकिङ
प्रणालीको सुदृढीकरण पनि गभर्नरको चुनौती हो।
वित्तीय संस्थाहरूलाई व्यावसायिक सीमाभित्र
राख्दै खराब संस्थासँग कडा व्यवहार र असल
संस्थालाई प्रोत्साहन गर्नु नेपालको अर्को चुनौती
हो।
खतिवडाको पालामा भएको वित्तीय
स्थायित्वलाई नेपालले कायम रा न सकेनन् भने त्यो
उनको असफलता हुनेछ। घरजग्गा र सेयर बजारका
खेलाडीहरू चल्मलाउन थाले भने वित्तीय
स्थायित्वमा असर पर्छ।
नेपाल दोस्रो जनआन्दोलनपछिको तत्कालीन
गिरिजाप्रसाद कोइरालाको सरकारको समयमा
धितोपत्र बोर्डका अध्यक्ष थिए। त्यसपछि उनी
तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका
सल्लाहकार बने।
उनी खिलराज रेग्मीको चुनावी सरकारमा
अर्थमन्त्री शंकर कोइरालाका सल्लाहकार भए।
बनारस हिन्दु युनिभर्सिटीबाट म्याक्रो
इकोनोमिक्समा विद्यावारिधि गरेका ५२ वर्षीय
नेपाल उद्योग वाणिज्य महासंघमा पनि सल्लाहकार
थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved