Home » » आतङ्ककारी समूहमा दुई हजारबढी साउदी अरेबियाली

आतङ्ककारी समूहमा दुई हजारबढी साउदी अरेबियाली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

रियाद: गत चार वर्षभित्रमा विदेशी आतङ्ककारी
समूहमा २ हजार २ सय ८४ साउदी अरेबियाली
सहभागी भएका साउदी अरबका गृह मन्त्रालयका
प्रवक्ताले बिहीबार अल हयात समाचारपत्रलाई
बताएका छन् ।
प्रवक्ता मेजर जनरल मन्सुर अल तुर्कीका अनुसार तीमध्ये
६४५ जना भने आफ्नै देशमा फर्केका छन् । यीबाहेक अन्य
व्यक्तिहरुको अवस्था भने अज्ञात रहेको, कति जना
जीवितै रहेका छन् सो पत्ता लगाउन कठीन भएको
पनि उनले बताएका छन् ।
प्रवक्ता तुर्कीको स्रोत उल्लेख गरी प्रकाशित सो
समाचारपत्रका अनुसार आतङ्ककारी कार्यमा
प्रयोग गर्ने समूहका प्रतिनिधिले आत्मघाती आक्रमण
गरी मर्ने जतिका परिवारलाई सिधैँ सम्पर्क गर्ने
गरेकाले यसको कुनै तथ्याङ्क राख्न नसकिएको
जनाइएको छ ।
देशका कुनै पनि नागरिकले स्थानीय, क्षेत्रिय वा
अन्तर्राष्ट्रिय आतङ्ककारी वा अतिवादी समूहमा
प्रवेश गरेमा वा समर्थन गरेमा वा यस्ता समूहलाई
आर्थिक सहयोग गरेमा २० वर्षसम्मको कारावास
सजाया हुने गरी सन् २०१४ को फेब्रुअरी महिनामा
स्वर्गीय साउदी नरेश अब्दुल्लाह बिन अब्दुल्लाजिज
अल साउदले एक विशेष आदेश जारी गरे ।
त्यस्तै, १५ दिनभित्र स्वदेश फर्केमा कुनै पनि कानुनी
कारबाही नगरिने भनी साउदी अरब सरकारले
द्वन्द्वग्रस्त क्षेत्रमा युद्धरत आफ्ना नागरिकलाई लक्ष्य
गरी सन् २०१४ को मार्च महिनामा एक सूचना
निकालेको थियो ।

फोटो :एजेन्सी (साउदी अरेबियाका डाक्टर
मुस्ताफा अलअन्जी आतकंकारी समुह आइएसमा सामेल
भएपछि हतियार सहित फोटो खिचाउँदै)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved