भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १६ जेठ । महाभूकम्प र त्यसपछिका सयौं
पराकम्पनको थर्काइका कारण काठमाडौंका
विभिन्न स्थानको जमिनमा तरलीकरण भएको तथ्थ
सार्वजनिक भएको छ ।
महाभूकम्पकै हल्लाईले जमिन तरलीकरण भएपछि बोझ
थेग्न नसकेर कयौं घरहरु दलदलभित्र धस्सिएको विज्ञहरुले
बताएका छन् । बाक्लो बस्ती भएको क्षेत्रमा भने
तरलीकरणको समस्या छैन् ।
‘थकाईले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरु
जमिनभित्र धस्सिए,’ त्रिवि भूगर्भशास्त्र केन्द्रीय
विभागका प्राध्यापक डा। मेघराज धितालले भने,
‘हल्लाईले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले
केही स्थानमा बालुवा र साना कण बाहिर
निस्किए ।’
काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ
बसपार्क, गोगंबु र गोलढुंगा लगाएतका क्षेत्रमा
तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको
धितालले बताए ।
ती स्थानमा कतिपय घरहरु धस्सिएका छन् भने धेरै घर
ढल्किएका छन् । जमिन तरलीकरण भएको पत्र
बसोबासका हिसाबले जोखिमयुक्त मानिन्छ ।
त्यस्तो जमिन जुनसुकै बेला पनि धस्सिन वा भासिन
सक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन चेतावनी
दिएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ
।
0 comments:
Post a Comment