भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१६ जेठ, काठमाडौ । वैशाख १२ को विनाशकारी
महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका
छन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र
पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन
। काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भविदहरुले
बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास
रहेको देखिन्छ ।
भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि
राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन
नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर
पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो ।
शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ
नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको
थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित
बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए
पनि ठूलै झड्का दिएपछि राती नै
काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए ।
वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प
गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२
वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ ।
0 comments:
Post a Comment