भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, जेष्ठ २ - प्रधानमन्त्री सुशील
कोइरालासँग अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घका
महासचिव इल्हाज एस्सीले आज बिहान
प्रधानमन्त्री निवास बालुवाटारमा भेटी नेपाल
रेडक्रससँगको साझेदारी र सहयोगमा महासङ्घले
काम गरिरहेको बताउँदै सहयोग रकम तेब्बर पार्ने
घोषणा गरेका छन् ।
महासङ्घले भूकम्पपीडितलाई तत्काल राहतस्वरुप ३३
मिलियन अमेरिकी डलर सहयोग गरिसकेको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस्ता
विपत्तिको सामना गर्ने आवश्यक ज्ञान, संस्थागत
संरचना, जनशक्ति र स्रोत साधनको कमीले क्षति
बढी हुन गएको बताउँदै अब यस्ता विपत्तिलाई हेर्ने
अलग्गै विशेष संरचना बनाउन लागिएको
जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस
संयोजक प्रकाश अधिकारीले प्रेस
विज्ञप्तिमार्फत जानकारी दिए ।
नेपालमा आएको विपत्तिमा अन्तर्राष्ट्रिय
रेडक्रसले गरेको मानवीय सहयोगको सराहना गर्दै
उहाँले पुनःस्थापना र पुनःनिर्माणको चरणमा
नेपाललाई नेपालका सबै सहयोगीको थप सहयोग
आवश्यक पर्ने बताए ।
वार्ताका क्रममा महासङ्घका महासचिव एस्सीले
पुनरुत्थान कार्यसँगै प्राकृतिक विपद्बाट जोगाउने
संस्थागत संरचना, कानुनी संरचना र आवश्यक
जनशक्ति जुटाउँदै राष्ट्रिय सामथ्र्य बढाएर विपद्
सामना गर्ने स्रोत साधन तयारी राख्ने कुरा
महत्वपूर्ण भएको बताए ।

0 comments:
Post a Comment