भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले
भूकम्पबाट पीडित धादिङका अति प्रभावित एक
गाउँका पाँच सय परिवारलाई जस्तापाता वितरण
गर्ने भएकी छिन् ।
हिमानीले शनिबार धादिङ जिल्लाको सर्तापु
गाउँका अति प्रभावित पाँच सय परिवारलाई
जस्तापाता वितरण गर्ने पूर्वराजा ज्ञानेन्द्र
शाहका सहयोगी फडी पाठकले जानकारी दिए ।
‘शनिबार हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी
हिमानी शाहले भूकम्पबाट अति प्रभावित पाँच सय
परिवारलाई जस्तापाता वितरण गरिबक्सदैछ’,
पाठकले भने ।
जस्तापाता आफै लिएर शनिबार बिहान सात बजे
हिमानी धादिङ प्रस्थान गर्दैछिन् । उनले सर्तापु
गाउँका पाँच सय परिवारलाई एक बण्डलका दरले
उपलब्ध गराउनेछिन् ।
गत मंगलबार र वैशाख १२ गतेको भूकम्बाट धादिङ
जिल्लामा अत्याधिक क्षति भएको थियो ।
यसअघि पनि हिमानी ट्रष्टले भक्तपुरका
भूकम्पपीडितहरूलाई खाद्यान्न,
लत्ताकपडालगायतका सामान उपलब्ध गराइसकेको छ
।

0 comments:
Post a Comment