भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मोदी चीन भ्रमणमा रहेका बखत बलिउड अभिनेता आमिर खानको फिल्म 'पिके'लाई चीनमा रिलिज गरिएको थियो। सोही समयमा भारत र चीनले संयूक्त रुपमा फिल्म निर्माण गर्ने सहमति गरेका थिए। भारत र चीनले त्यसलाई मूर्तरुप दिन तीन फिल्म बनाउने सहमति गरेका थिए। यसरी सहमती भएका तीन फिल्म मध्ये एक 'कुङ फु योगा' नामको एक फिल्ममा प्रसिद्द चिनियाँ स्टार ज्याकी च्यान र आमिरले काम गर्ने बताइएको थियो।
तर, हाल आएर आमिर खानले उक्त फिल्म आफूले नखेल्ने बताएका छन्। आमिरर्ले आफू अ 'दंगल' फिल्मका लागि व्यस्त भएकाले उक्त फिल्म खेल्नका असमर्थ रहेको बताएका हुन्। संयूक्तरुपमा निर्माण हुने भनिएको फिल्म करिब तीन महिनापछि फ्लोरमा जाँदैछ जसका लागि आमिरले समय दिने कुनै सम्भावना छैन्।

0 comments:
Post a Comment