Home » » भारतले सडकमै सफल अवतरण गर्यो लडाकु विमान...

भारतले सडकमै सफल अवतरण गर्यो लडाकु विमान...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी ८ वैशाख–भारतीय वायु सेनाले ग्रेटर
नोएडाबाट आगरा जान लागेको यमुना एक्सप्रेसमा
एकाबिहानै लडाकु विमान अवतरण गरिएको छ ।
यो अवतरण पहिले नै तय भएको अभ्यास कार्यक्रम
थियो ।
इन्डियन एयरफोर्सको बिमान मिराज २०००
मथुराको सामुन्ने बिहीबार बिहान ६.४५ अवतरण
गरिएको हो ।
आकस्मिक अवतरण अभ्यासमा हवाइ विमान अवतरण
सफल भएको थियो
केही घण्टाको यो अभ्यासकै लागि आग्रा हवार्इ
बेसबाट एयर ट्राफिक कन्ट्रोल सिस्टम, बर्ड
क्लियरेन्स सिस्टम, रेस्क्यू ह्विलक्स र अन्य व्यवस्था
राजमार्गमै गरिएको थियो ।
विमान सडकमा उतार्ने क्रममा यमुना एक्स्प्रेस बन्द
गरिएको थियो । यो भारतमा पहिलो प्रयोग हो

जर्मनी, पोल्याण्ड, स्वीडेन, दक्षिण कोरिया,
ताइवान, फिनल्याण्ड, सिंगापुर र
पाकिस्तानसहितका केही देशमा विपदको समयमा
एक्सप्रेस वे तथा राजमार्गहरुमा विमान अवतरण गर्न
सक्ने सुविधा छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved