Home » » भूकम्पमा नागरिकता, लालपूर्जा, पासपोर्ट हरायो ? चिन्ता नलिनुहोस

भूकम्पमा नागरिकता, लालपूर्जा, पासपोर्ट हरायो ? चिन्ता नलिनुहोस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, जेठ १६ –
भूकम्पका कारण तपाईंका महत्वपूर्ण कागजात
हराएको छ ? यदि छ भने चिन्ता नलिनुहोस् ।
सरकारले हराएका विभिन्न किसिमका
कागजात जस्ताको त्यस्तै दिने भएको छ । घर
भत्किँदा नागरिकता, पासपोर्ट, शैक्षिक
प्रमाणपत्र, जग्गा धनीपूर्जा लगायतका
कागजात हराएमा सरकारले सम्बन्धित
कार्यालयबाट दिने तयारी गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन
महाशाखा प्रमुख रामेश्वर दंगालका अनुसार
कागजपत्र हराएका व्यक्तिले सम्बन्धित
कार्यालयमा निवेदन दिएपछि कार्यालयले
आफ्नो रेकर्डका आधारमा कागजपत्र दिनेछ ।
यदि कार्यालयको रेकर्डमा पनि नभेटिए अरु
उपायबाट भने पनि पीडितलाई प्रमाणपत्र
दिइने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ

भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप
आउँदा पहिले आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ
। धनसम्पत्ति र महत्वपूर्ण कागजात जोगाउने
ध्यान पुग्दैन । दराजको कुन कुनामा थन्क्याएर
राखिएका यस्ता कागजात सितिमिति भेट्न
पनि मुस्किल पर्छ । आपद परेर भाग्ने बेलामा
केही गरी सम्झियो भने पनि निकाल्न निकै
कठिन हुन्छ ।
गएको वैशाख १२, १३ र २९ गते गएका भूकम्पका
कारण विशेष गरी १४ जिल्लाका अधिकांश घर
भत्किएका छन् । घर भत्किँदा कुन किसिमका
कति कागजपत्र नष्ट भयो भन्ने यकिन विवरण
सरकारसँग नभए पनि पीडितको मागका
आधारमा कागजात दिने बताउनुहुन्छ,
महाशाखा प्रमुख रामेश्वर दंगाल ।

नागरिकता
प्रशासनिक कामका लागि नागरिकता
पहिलो शर्त हो । नेपालको संविधान अनुसार
१६ वर्ष पूरा गरेको व्यक्तिले सजिलै नागरिकता
पाउँछ । नागरिकता गृह मन्त्रालय अन्तरगतको
जिल्ला प्रशासन कार्यालयले वितरण गर्छ ।
यसपटको भूकम्पमा अरु कागजातको तुलनामा
नागरिकता नै धेरै हराएका छन् ।
नागरिकता हराउने व्यक्तिले भएसम्म पुरानोको
फोटोकपी सहित गाविस वा वडा सचिवको
सिफारिस सहित जिल्ला प्रशासनमा निवेदन
दिनु पर्छ । प्रशासनले आफ्नो रेकर्डका आधारमा
प्रतिलिपि नागरिकता प्रदान गर्छ ।

शैक्षिक प्रमाणपत्र
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे भूकम्पका
कारण एसएलसीको पत्रमाणपत्र हराएको भए
एकदिनमै पाउने बताउनुहुन्छ । त्यसका लागि
विद्यार्थीले क्षेत्रीय शिक्षा
निर्देशनालयमा तोकिएको दस्तुरसँगै निवेदन
दिनुपर्ने हुन्छ । निवेदनमा विद्यार्थीले आफ्नो
सिम्बोल नम्बर र विद्यालयको नाम
अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
हराएको एसएलसीको प्रमाणपत्र परीक्षा
नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट
पनि लिन सकिन्छ । तर त्यहाँबाट लिँदा
दोब्बर दस्तुर तिर्नुपर्ने हुन्छ । विद्यार्थीले
आफ्नो सिम्बोल नम्बर पत्ता लगाउन नसके
विद्यालयको कोड नम्बर, नाम उल्लेख गरेर
निवेदन दिए त्यसका आधारमा पनि खोज्न
सकिने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे
बताउनुहुन्छ । प्लस टु को प्रमाणपत्र लिन पनि
एसएलसीको जस्तै गरी परीक्षा नियन्त्रण
कार्यालय सानोठिमीमा निवेदन दिनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा भने हराएको
शैक्षिक प्रमाणपत्र पाउनका लागि भूकम्पबाट
हराएको भन्ने प्रहरी रिपोर्ट बनाउनु पर्नेछ ।
त्रिविका परीक्षा नियन्त्रक केशवप्रसाद
बास्तोलाका अनुसार प्रहरी रिपोर्टका साथ
निवेदन दिएमा विद्यार्थीले प्रमाणपत्र
पाउनेछन् । तर ‘ओरिजिनल’ प्रमाणपत्रका
लागि भने पत्रिकामा समेत सार्वजनिक सूचना
निकाल्नु पर्ने उहाँको भनाई छ ।

पासपोर्ट
विदेश जानका लागि पासपोर्ट नभई नहुने
कागजात हो । जिल्ला प्रशासनको
सहयोगमा परराष्ट्र मन्त्रालयले पासपोर्ट दिने
गर्छ । भूकम्पका कारण हराएका व्यक्तिले
पासपोर्ट लिनका लागि नयाँ लिए जस्तै गरी
फर्म र दस्तुर बुझाउनु पर्छ ।
तर त्यसका लागि पत्रिकामा ३५ दिन
अगाडि नै सार्वजनिक सूचना अनिवार्य रुपमा
निकाल्नु पर्ने बताउनुहुन्छ, काठमाडौंका प्रमुख
जिल्ला अधिकारी एकनारायण अर्याल ।
निवेदनका आधारमा परराष्ट्र मन्त्रालयले
सामान्य अवस्थामा जस्तै नयाँ नम्बरसहितको
पासपोर्ट उपलब्ध गराउँछ ।

जग्गा धनी पूर्जा
भूकम्पका करण घरमा राखिएको जग्गा धनी
प्रमाणपत्र हराउन आम नागरिकका लागि
अर्को चिन्ताको विषय हो । यस्ता व्यक्तिले
आफ्नो गाविस वा नगरपालिकाबाट घर
भत्केको सिफारिस लिनुपर्छ । भक्तपुर
मालपोतका प्रमुख मुक्तिप्रसाद आचार्यका
अनुसार सिफारिससहित नागरिकता,
दुईप्रति फोटोका साथ निवेदन दिएमा सजिलै
लालपूर्जा पाउन सकिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved