Home » » जेठ पाँच गतेभित्र अनिष्ट हुन्छ त ? यसो भन्छन् ज्योतिषका अध्यक्ष.....

जेठ पाँच गतेभित्र अनिष्ट हुन्छ त ? यसो भन्छन् ज्योतिषका अध्यक्ष.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, २ जेठ । नेपालमा शक्तिशाली
महाभूकम्पछि ज्योतिषीहरुले समेत विभिन्न
भविष्यवाणी गरिदिँदा सर्वसाधारणहरुमा त्रास
फैलिएको छ ।
जेठ ५ गतेभित्र अनिष्ट हुन्छ भन्ने हल्ला फैलिएपछि
यतिबेला नेपालका ज्योतिषीहरुबीच तर्क–वितर्कहरु
हुन थालेको छ ।
सर्वसाधारणहरुमाझ त्रास फैलिरहेका बेला दैनिक
नेपालसँग कुरा गर्दै ज्योतिष विज्ञान प्रतिष्ठानका
केन्द्रीय अध्यक्ष टेकराज ढुंगेल शास्त्रीले जेठ ५ भित्र
अनिष्टको योग छ भन्नु हावादारी तर्कमात्रै भएको
बताउनुभयो ।
‘यो प्राकृतिक प्रकोप तथा भवितव्य हो, यस्को
विश्लेषण कसैले गर्न सक्दैन । मंगल, सूर्य, शनिको कुरा
उठाएर सस्तो लोकप्रियताका लागि जुन भ्रामक
प्रचार गरेका छन्, त्यो गलत छ । किनभने
भूगर्वशास्त्रीहरुले पनि यस्ता विपद्को सत्यतथ्य
पत्ता लगाउन सकेका छैनन् ।’, उहाँले भन्नुभयो,
‘ज्योतिष भनेको केवल नवग्रह र २७ नक्षत्रलाई गणना
गरेर विश्लेषण गर्ने व्यक्तित्वमा पर्छ ।’
उहाँले ज्योतिषशास्त्रमा त्यस्तो नदेखिएको भन्दै
हावादारी तर्क र हल्लाका पछि नलाग्न तथा कुनै
चिन्ता नलिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
सस्तो लोकप्रियताका लागि भ्रामक प्रचारमा
नलाग्न उहाँले ज्योतिषहरुलाई पनि आह्वान गर्नुभयो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved