भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल जेठ ३ गते। आइतबार। शकसंवत्
१९३७। कीलक संवत्सर। इश्वी सन् २०१५ मे १७
तारिख। नेपाल संवत् ११३५ वछलागा।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
इच्छाशक्ति बढ्नुका
साथै काममा फाइदा
हुने समय छ। प्रयत्न गरेको
काम छोटै समयमा पूरा
हुनेछ। प्रशंसकहरू बढ्नेछन्।
विशेष समारोहबीच प्रतिष्ठा, मान–
सम्मान आदि पाइनेछ। स्वादिष्ट
भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग
आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको
गाँठो कसिएर जाला। कामबाट पनि
सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
केही मात्रामा खर्च
बढ्नेछ। आलस्य जाग्नेछ।
काममा लगानीको
समय छ। काममा केही
चुनौती आइलाग्लान्।
दण्ड वा जरिवानामा परिने योग छ,
धैर्यले काम लिनुहोला। छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ। तापनि,
प्रतिस्पर्धाबाट सामान्य फाइदा
उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ
लिने मौका छ। स्थानान्तरण र टाढाको
यात्रा सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
व्यावसायिक काममा
राम्रै फड्को मार्न
सकिनेछ। साझेदारी र
सट्टापट्टामा विशेष
लाभ मिल्नेछ। नयाँ
जिम्मेवारी पाइएला। लामो समयदेखि
रोकिएको काम बन्नुका साथै
आम्दानीको स्रोत समेत बढ्नेछ।
पारिवारिक आवश्यकता पूर्ति होला।
श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको
उपयोगबाट विशेष फाइदा होला।
सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
प्रतिष्ठित काम गर्ने
मौका छ।
मातापिताको सहयोग
प्राप्त होला। अरूलाई
प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। सामाजिक दायित्व
बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट
लाभ मिल्ने योग छ। व्यापारमा पनि
प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम
गर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
आस मारेको काम
बन्नाले उत्साह जाग्नेछ।
एउटै कामबाट दोहोरो
लाभ मिल्नेछ। विशेष
योजनाहरू बन्नेछन्।
समुदायको हितमा राम्रै काम गर्न
सकिनेछ। सामाजिक उत्तरदायित्व वहन
गर्दै फाइदा हुने काम र जिम्मेवारी हात
पार्ने मौका छ। तर केही बाध्यतापूर्ण
काममा समय बित्नेछ। सहयोगको आशा
देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
अप्ठ्यारो
परिस्थितिमा पनि
केही काम बन्नेछन्। तर,
केही चुनौती सामना
गर्नुपर्ला। प्रयत्न गर्दा
समयको सदुपयोग हुनेछ। सहयोगीहरूले राम्रै
साथ दिनेछन्। आस मारेको फल पुनः
प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता
लगाउन सकिने समय छ। तर, सानातिना
काम र घरेलु समस्यामा अल्झनुपर्ला।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति
हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
रमाइलो क्षणमा
अचानक खिन्नता बढ्ने
समय छ। सोचेको लाभ
नमिल्न सक्छ। केही
अप्ठ्यारा
परिस्थितिको सामना गर्नुपर्ला।
आफन्तसँग असमझदारी बढ्न सक्छ।
बाध्यताका काममा अलमलिनुपर्ला।
पतिपत्नीमा पनि अविश्वास बढ्ने योग
छ। सामान्य आम्दानी भइरहनेछ।
व्यवसायमा फाइदै हुनेछ। यात्रामा
धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
सफलताका लागि
प्रतिस्पर्धा गर्नुपर्ने समय
छ। शत्रुहरूको चलखेल
बढ्नाले केही चुनौती
समेत सामना गर्नपर्ला।
तापनि, प्रयत्न गर्दा मौकाको फाइदा
लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ
फाइदाकै योग छ। यात्राको
व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा
प्रतिस्पर्धामा सावधानीसाथ
जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा
उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
अस्वस्थताले काममा
ढिलासुस्ती हुन सक्छ।
अप्रिय समाचारले
दुःखी बनाउला।
पढाइलेखाइमा पनि
प्रगति गर्न नसकिने र व्यापार–
व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने
देखिन्छ। नयाँ योजना कार्यान्वयनमा
ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर
भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्,
केही समय पर्खंदा स्थितिमा सुधार आई
अवश्यै उन्नति हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
परिस्थितिअनुसार चल्न
नसक्ता अलि दुःख
पाइनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ।
विगतका निर्णयले
काममा चुनौती आउने देखिन्छ। अरूको
सुझावप्रति शंका उब्जने समय छ।
महत्वाकांक्षी योजना तत्काल
सार्वजनिक नगर्नु नै बेस होला।
परिवारजनको सहयोग लिँदा राम्रो
हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि
फाइदा उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
सानो प्रयत्नले पनि
राम्रो फाइदा उठाउन
सकिनेछ। कृषिकर्म र
व्यावसायिक काममा
केही लगानीपछि
फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका
छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
प्रतिस्पर्धी परास्त होलान्।
सहयोगीहरूले राम्रै साथ दिनेछन् र
काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ
काममा हात हाल्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
आजका योजना पूर्ण
कार्यान्वयन नहुन सक्छन्।
व्यावसायिक काममा
अवरोध आउने देखिन्छ।
खर्चको मात्रा बढ्ने र
आर्थिक अभावले सताउने योग छ।
बोलीको गलत अर्थ लाग्ने वा तपाईंको
अभिव्यक्तिबाट विवाद उत्पन्न हुने
सम्भावना छ, मान–सम्मानमा आघात
पुग्न सक्छ, सचेत रहनुहोला। विगतमा
गरिएको श्रमबाट भने राम्रै लाभ होला।

0 comments:
Post a Comment