Home » » नझुक्किनुस् यी खेलौना होइनन्, साँच्चीकै युवती (फोटो फिचरसहित)

नझुक्किनुस् यी खेलौना होइनन्, साँच्चीकै युवती (फोटो फिचरसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यी तस्वीरहरु हेर्दा महिलाका लत्ताकपडा बेच्ने
पसलमा विभिन्न पहिरनमा सिँगारिएका
प्लास्टिकका महिला मूर्ति जस्ता लाग्छन् । तर यी
कुनै प्लास्टिकका मूर्ति होइनन्, साँच्चीकै युवतीका
तस्वीर हुन् ।
हेर्दा ठ्याक्कै खेलौना वा पुतली जस्तो लाग्ने
जिउडाल भएकी यी विश्वचर्चित युक्रेनी मोडेलको
नाम हो भ्यालेरिया लुक्यानोभा । उनको अनौठो
स्वरुपकै कारण उनले ह्युमन बार्बीको उपमा पाएकी
छिन् ।
यी मानव पुतलीले केही दिनअघि फेसबुकमा शेयर
गरेका उनका कामुक तथा विछट्ट सुन्दर तस्वीरहरुले खुबै
चर्चा पाए । निकै नै पातलो र अग्लो सरीर तर अति
नै पुष्ट सिक्स प्याक सहितको वक्षस्थलका साथमा
पोज दिएकी भ्यालेरियाको जिउ हेर्दा नै अनौठो
लाग्छ । तर उनलाई आफ्नो यस्तो अद्वितीय जिउ मन
पर्न छाडिसकेछ ।
‘मैले मेरो जिउ मन पराउन छाडिसकेँ, अब जिउमा केही
मासु चाहियो’, फेसबुकमा उनले आफ्नो इच्छा
सार्वजनिक गरेकी छिन् ।
आफुले साँच्चीकै लडाकु महिलाको जस्तो जिउ
बनाउन चाहेको भन्दै उनले आफ्नो जिउ ‘अमेजन वुमन’ कै
जस्तो बनोस् भन्ने आफ्नो चाहना रहेको बताइन् ।
गएको वर्ष आफ्नो घर बाहिर दुइजना पुरुषले आक्रमण
गरेपछि उनलाई दुब्लोपातलो जिउ भएर काम नलाग्ने
रहेछ भन्ने लागेछ क्यारे । सोही बेलादेखि यी २९ वर्षे
मोडेलले जिउ बनाउने सोँच बनाएकी हुन् । उनका केही
तस्वीर यस्ता छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved