भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल
मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले
विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना
विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी
जस्ता सामाग्रीहरु सोसल मिडियामा पोष्ट
गरेबापत पैसा कमाउने भन्ने सायदै होला । तर एकजना
ब्लगरले भने आफुले इन्स्टाग्राममा गर्ने हरेक पोष्टबाट १५
हजार डलर कमाउँछिन् ।
२२ वर्षे ब्लगर डानियला बर्नस्टेनको इन्स्टाग्राममा ९
लाख ९२ हजार फलोअर रहेका छन् । त्यति ठूलो
संख्यामा पछ्याउने मान्छेहरु भएकी युवती देखेपछि
विभिन्न कम्पनीहरुको आँखा उनीमाथि नपर्ने कुरै भएन
। त्यसैले आफ्ना प्रडक्टको प्रचारका लागि ब्राण्ड
तथा कम्पनीहरुले डानियलाको सहारा लिने गरेका
छन् । कुनैपनि प्रडक्टको विषयमा डानियालाले
आफ्नो इन्स्टाग्राममा पोष्ट गरेपछि त्यसको
जानकारी ९ लाख ९२ हजार मानिससम्म एकसाथ पुग्ने
भएकाले कम्पनीहरुले विज्ञापनकै रुपमा त्यसबापत
उनलाई मोटो रकम दिने गरेका हुन् ।
उता फेसन ब्लगर्सकै जस्तो गरी डायिनला पनि हरेक
दिन विभिन्न पहिरनमा सजिएका आफ्ना तस्वीरहरु
इन्स्टाग्राममा पोष्ट गर्ने गर्छिन् । त्यसका साथै उनले
आफुले लगाएका पहिरन कहाँबाट तथा कसरी खरीद
गरेको हो भन्ने विषयमा जानकारी पनि दिन्छिन् ।
डानियलाका कैयौँ फलोअरहरु उनको यो विज्ञापन
शैली हो र यसबापत उनले पैसा लिन्छिन् भन्ने कुरामा
अनभिज्ञ छिन् । कतिपय ब्राण्डहरुले भने आफ्ना
सामानको प्रचार नगरीकनै पनि डानियलालाई
पैसा दिने गरेका छन् । आफ्नो उत्पादनको प्रतिद्वन्दी
उत्पादनका विषयमा डानियलाले विज्ञापन नगरुन्
भन्नका लागि समेत कतिपय कम्पनीहरुले उनलाई पैसा
दिने गरेका हुन् ।
विश्लेषकहरुका अनुसार विश्वका चर्चित ब्राण्डहरुले
प्रायोजित इन्स्टाग्राम पोष्टका लागि वर्षेनी १
अर्ब डलर भन्दा बढि खर्च गर्ने गरेका छन् । कम्पनीहरुले
गर्ने पैसाको भुक्तानीको दर इन्स्टाग्राम
प्रयोगकर्ताका फलोअर्सको संख्यामा निर्भर गर्छ ।
अर्थात् जति धेरै फलोअर्स हुन्छन् उति धेरै पैसा कमाउने
सम्भावना हुन्छ । डानियलाका फलोअर्स १० लाख
पुगेपछि उनले इन्टाग्राम पोष्टका लागि थप रकम माग
गर्न सक्नेछिन् ।
हार्पर्स बजारका अनुसार यदि तपाइँका इन्स्टाग्राम
फलोअर्स लाखको संख्यामा छन् भने बसीबसी ५ सय
देखि ५ हजार डलर सम्म कमाउन सक्नुहुन्छ । यदि
तपाइँका फलोअर्स ६० लाख भन्दा बढि भएभने
तपाइँको शुल्क २० हजार देखि १ लाख डलर सम्म हुन्छ ।
आफुले ठ्याक्कै कति कमाउँछु भन्ने बारेमा प्रष्ट
खुलासा नगरेपछि डानियलाले भनेकी छिन्, ‘मैले आफैले
कमाएर आफ्नो खर्च चलाएकी छु । मेरो कमाइ छ
वाषिर्क ६ अंकमा रहेको छ । मैले आफ्नो खर्च
चलाउनुका साथै बचत समेत गरेर लगानी गरेको छु । मैले
अझै सिकेर स्मार्ट बन्ने कोसिस गरिरहेकी छु ।’-
बिजनेस इनसाइडरबाट

0 comments:
Post a Comment