Home » » भारत र पाकिस्तानबीच लडाई हुने सम्भावना बढ्यो....

भारत र पाकिस्तानबीच लडाई हुने सम्भावना बढ्यो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

इस्लामावाद, १० जेठ । भारतीय रक्षामन्त्रीको
आतङ्कवादसम्बन्धी हालैको अभिव्यक्तिको
पाकिस्तानले कडा विरोध गरेको समाचार छ ।
पाकिस्तानले सो भनाइप्रति आपत्ति जनाएको
आइतबार प्राप्त समाचारमा जनाइएको छ । सो
भनाइप्रति आपत्ति जनाउदै पाकिस्तानले
आतङ्कवादजस्तो साझा समस्याका विरुद्धमा
छिमेकी देशका रुपमा संयुक्त रुपमा लड्नुपर्नेमा
यस्तो धारणा आउनु दुःखद हो भनेको छ ।
भारतीय रक्षामन्त्री मनोहर परिकारले भारतमा
आतङ्कवादी हमला गर्ने वा दुःख दिने
विदेशीहरुलाई भारतले पनि आतङ्ककारीहरुकै
प्रयोग गरी प्रतिकार गर्ने अभिव्यक्ति
सार्वजनिक गर्नुभएको थियो ।
उहाँले बिहीबार सो धारणा राख्नुभएको थियो
। उहाँको भनाइलाई उद्धृतगर्दै भारतीय
सञ्चारमाध्मले सो समाचार सार्वजनिक गरेपछि
भारतमा पनि विरोध भएको थियो ।
भारतमै पनि उहाँको भनाइप्रति विभिन्न
टिकाटिप्पणीहरु सार्वजनिक भइरहेका बेला
पाकिस्तानले पनि शनिबार उक्त भनाइको
प्रतिकार गरेको हो ।
उहाँले भारतमा आतङ्कवादी क्रियाकलापहरुलाई
आतङ्कवादी नै प्रयोग गरेर ठीक पार्ने बताउनुभएको
थियो ।
तर सो भनाइलाई भारतीय राष्ट्रिय सुरक्षा
सल्लाहकार अजित दोभालले भने सामान्यीकरण
गर्न खोज्नुभएको थियो । उक्त भनाई विवादास्पद
नै रहेको भनी यसप्रति भारतीय राजनीतिमा
विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा एवम् विदेश
मामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजले
भारतीय रक्षामन्त्रीको उक्त भनाइप्रति गम्भीर
चासो व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो– मलाई लाग्छ भारतीय
रक्षामन्त्रीको यो अभिव्यक्ति पाकिस्तानलाई
नै लक्ष्य गरेर वा अनुमान गरेर आएको हुनुपर्छ, जुन
दुःखद छ ।
अजिजले प्रकाशन गर्नुभएको विज्ञप्तिमा
भन्नुभएको छ– भारतको इतिहासमा त्यहाँका
निर्वाचित सरकारका मन्त्रीले यसरी अर्काे कुनै
अमुक देशलाई ठीक पार्नका लागि आफैले
आतङ्कवादीको प्रयोग गर्छु भनेको यो नै पहिलो
घटना हुनसक्छ ।
सो विज्ञप्तिमा भनिएको छ– हामी त भारतसँग
एक राम्रो कूटनीतिक सम्बन्धको बाटोमा रहेका
छौँ र आगामी दिनमा पनि हामी भारतलाई एक
असल छिमेकी देशका रुपमा व्यवहार गर्न चाहेका
छौँ ।
वास्तवमा आतङ्कवाद सबैको साझा समस्या नै हो
र यो भारतको पनि हो । त्यसैले यसको
निराकरणका लागि हामी छिमेकी देशको
हैसियतले एक भएर लड्नसक्छौँ र त्यसका लागि
हामी भारतसँग सहकार्य गर्न पनि तयार छौँ–
अजिजको विज्ञप्तिमा उल्लेख छ । रासस/सिन्ह्वा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved