भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । विश्वमा नयाँ नयाँ प्रविधिहरु
पत्ता लगिरहेका छन् । ति प्रविधिको प्रयोग समेत
बढीरहेको छ । तर कतिपय अवस्थामा प्रविधिको
प्रयोग गर्न नजान्दा जीवन नै गुमाउनुपरेका घटनाहरु
सार्वजनिक हुने गर्छन् ।
भर्खरै मात्र मोबाइलको नयाँ प्रविधि सेल्फी
प्रयोग गर्दा एक युवतीको ज्यान गएको छ ।
लण्डनको रोमानिया सहरमा फेसबुकमा राख्न
सेल्फी खिच्दा १९ वर्षीया अन्ना उर्सूको ज्यान
गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
ति युवती सेल्फी खिच्न रेलको माथि छतमा
चढेकी थिईन् । जहाँ उनी हाईटेन्शन विद्युत तारमा
ठोक्किएर जलेकी थिईन् ।
डेली मेलका अनुसार अन्ना आफ्ना साथीसँग
इयासी शहरको रेल स्टेशन मा रोकिरहेको
अवस्थामा एक रेलको छतमा चढेकी थिईन् । त्यहाँ
उनी फेसबुकमा पोस्ट गर्नका लागि स्टाइलिस
सैल्फी खिच्न चाहन्थिन ।
रेलको माथि छतमा उनी २७ हजार भोल्टको
हाईटेन्शन विद्युत तारमा ठोक्किएपछि आगोे
लागेर तल झरेकी थिईन् । उनकी साथीपनि
बिजुलीको झटका लागेर रेलबाट टाढा हुत्यायो ।
घाइते दुबैलाई पछि अस्पताल लगिएको थियो ।
जहाँ ५० प्रतिशत शरीर जलेकी अन्नाको मृत्यु भयो
। अन्नाकी साथीले बताएअनुसार फेसबुकमा पोष्ट
गर्न उनी राम्रो सेल्फी लिन चाहन्थिन । तर
विजुलीको करेन्टले उनको ज्यानै गयो । एजेन्सी

 
0 comments:
Post a Comment