भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गोरखा, जेष्ठ २ । एकीकृत नेकपा
माओवादीका बरिष्ठ नेता डा.बाबुुराम
भट्टराईले बैशाख १२ गते गएको महाभूकम्पले
ल्याएको समस्या सामाधान गर्न राष्ट्रिय
सहमतिको सरकार बनाउन माग गरेका छन् ।
गोरखा सदरमुकाममा पत्रकारहरुसँग उनले
नेपालमा अहिलेको प्राकृतिक विपत्ती
इतिहाँसको बिरलै घटना भएको भन्दै यसलाई
सामान्य रुपमा नलिइ सबै दलको
सहमतिमा बलियो नेतृत्व भएको सरकार
बनाएर समस्या सामाधान गर्नुपर्नेमा जोड
दिए ।
राहत वितरण र क्षतिग्रस्त संरचनाहरु
पुनःनिर्माण गर्न कुनै एउटा पार्टी वा
व्यक्तिले मात्र गर्न नसक्ने भएकाले त्यसका
लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक
रहेको उनको भनाइ थियो ।

0 comments:
Post a Comment