भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो
कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ
। कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने
विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी
हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने
आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।
यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार
शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर
चर्चा गरेका छन् ।
१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु
कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् ।
यिनीहरु सहयोगी पनि हुन्छन् ।
२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल,
व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।
३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान
गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै
हुन्छन् ।
४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता
ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे
स्वभावका हुन्छन् ।
५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति
सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन
हुन्छ ।
६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी
हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् ।
यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।
७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने
यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको
काम गर्ने शैली रचनात्मक हुन्छ ।
८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति
झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने
स्वभावका हुन्छन् ।
९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता
ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति
कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।
१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन्
। यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता
ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम
सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन्
।
१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको
स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति
उत्तम हुन्छ ।
१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक
क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।
१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति
अलि परंपरावादी सोंचका हुन्छन् ।
१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक
हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा
समस्या पनि झेल्नु पर्ने हुन्छ ।
१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान
हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम
चाहिन्छ र आराम पनि मिल्छ ।
१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।
१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान
हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको
स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले
आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर
बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ ।
दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।
२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् ।
यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर
बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम
बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने
ब्यक्ति अल्पायुका हुन्छन् ।
२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन्
।
२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।
२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग
नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् ।
बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न
कसैसँग झवडा भैरहन्छ ।

0 comments:
Post a Comment