भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, ३ जेठ ।
लामो समयदेखि समाजसेवामा सक्रिय
पूर्वराजपरिवारकी सदस्य हिमानी शाह शनिबार
धादिङको तसर्पु पुगिन् । उनले तसर्पु गाविस वडा
नम्बर ३, ४, ५, ६ र ७ का पाँचसय भूकम्पपीडितलाई
जस्तालगायतका राहत सामग्री प्रदान गरिन् ।
उनी छोरी पूर्णिका र नन्द पुजा र शिताष्माका
साथ त्यहाँ पुगेकी हुन् । उनले ससुरा ज्ञानेन्द्र, सासु
कोमलको पनि समवेदना र सम्झना नागरिकलाई
बाँड्दै भनिन्, ‘यतिबेला पार्टी र सरकारले गर्ला भनेर
नागरिकको दुःख हेरेर बस्न सकिएन र सानो भए पनि
सहयोग गरेका हौँ ।’
कार्यक्रममा सहभागी हुन काठमाडौँबाट धादिङ
तसर्पु पुगेकी पत्रकार चमिना भट्टराईले क्यामेरामा
कैद गरेका केही तस्बिरहरु, जहाँ हिमानी ट्रष्टकी
अध्यक्ष हिमानी शाह भूकम्पपीडितलाई राहत
वितरण गरिरहेकी छन् ।
nepalese.org बाट

0 comments:
Post a Comment