Home » » आजको दिन सबैभन्दा लामो..

आजको दिन सबैभन्दा लामो..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, असार ६ – आज २१ जुन ।
सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी
गोलाद्र्धमा दिन छोटो र उत्तरी
गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा
सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार
आजको दिन झण्डै १४ घण्टाको हुनेछ ।
भोलिदेखि दिन छोटो र रात लामो हुँदै
जानेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु
भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने
क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका
आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले
सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।
अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०,
२१ या २२ तारिख मध्ये कुनै एक दिन पर्छ ।
डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश
पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो
र रात लामो हुने गर्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved