Home » » एयरपोर्टबाटै युवती तस्करीको सेटिङ ! चार जना ‘दलाल’ जहाजबाटै समातिए

एयरपोर्टबाटै युवती तस्करीको सेटिङ ! चार जना ‘दलाल’ जहाजबाटै समातिए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ६असार । मानव तस्करहरुले त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थलबाटै सेटिङ मिलाएर
युवतीहरुको तस्करी गरिरहेको खुलासा भएको छ ।
जेट एयरको उडानद्वारा भारतको नयाँदिल्ली जान
लागेको अवस्थामा राहदानीसमेत भएका ४ महिला
र नागरिकता मात्र भएका ४ पुरुष गरी ८ जनालाई
शुक्रबार प्रहरीले पक्राउ गरेपछि यसको खुलासा
भएको हो । उनीहरु बिमानभित्र प्रवेश गरिसकेको
अवस्थामा बिमानस्थलमा कार्यरत प्रहरी जवान
ठाकुरप्रसाद घिमिरेले बिमान नजिकै गई जेट एयरका
कर्मचारीलाई यात्रुको सामान छुटेकोले लगिदिनु
भनी दिएका थिए । त्यसपछि जेट एयरका कर्मचारीले
सामान चेकजाँच गर्दा भिषा लागेको ४ थान
राहदानी र टिकट फेला परेपछि उनीहरु सबैलाई
प्रहरीसामु बुझाइएको थियो ।
प्रहरीले महिला तस्करीमा संलग्न नुवाकोटका ४०
वर्षीय अमर तामाङ, सिन्धुपाल्चोकका ३७ वर्षीय
दमछोई दोर्जे लामा, नुवाकोटका ४२ वर्षीय
पूर्णबहादुर लामा र तनहुँका २७ वर्षीय किशोर
नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले नुवाकोटकी
२० वर्षीया रोशनी थापा, नुवाकोटकी १९
वर्षीया सपना तामाङ, सिन्धुपाल्चोककी ३४
वर्षीया सरिता तामाङ, तनहुँकी ३१ वर्षीया
राधिका नेपालीलाई भारत हुँदै तेस्रो मुलकतर्फ
लैजाँदै थिए । यी युवतीहरुलाई प्रहरी हिरासतमा
राखिएको छ ।
युवतीहरुको राहदानीमा अध्यागमन कार्यालयको
छापसमेत लगाएको अवस्थामा फेला पारिएपछि
तस्करीमा विमानस्थलमा विमानस्थलबाटै सेटिङ हुने
गरेको खुलासा भएको थियो । अध्यागमनका
कर्मचारीकै मिलेमतोमा महिलाहरुलाई भारत हुँदै
तेस्रो मुलुक लैजान लागेको पत्ता लागेपछि प्रहरीले
अनुसन्धान थालेको छ ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा
सक्कल कागजैसहित प्रहरीले नियन्त्रणमा लिएर
केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले
बताएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved