Home » » रोनाल्डो बालोन डि’ओरको हकदार होइनन् : जाभी

रोनाल्डो बालोन डि’ओरको हकदार होइनन् : जाभी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२९ जेठ, काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान
जाभीले गत वर्ष क्रिष्टियानो रोनाल्डोलाई
बालोन डि’ओरको हकदार नभएको दाबी गरेका छन् ।
लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका
रोनाल्डोले लगातार दोस्रो पटक र करियरको
तेस्रो बालोन डि’ओरको उपाधि जितेका थिए ।
तर, जाभीले भने रोनाल्डो उक्त अवार्डका लागि
हकदार नभएको बताएका छन् ।
बार्सिलोनामा तीन उपाधि जितेपछि कतार
आएका उनले भने-‘यदि यो उत्कृष्ट खेलाडीलाई दिने
हो भने मेस्सीले जित्नेछ । होइन, यो वर्षको उत्कृष्ट
फुटबलरलाई दिने हो भने जर्मनको कुनै खेलाडीले
पाउनुपर्थ्यो ।’
उनले जर्मनले विश्वकप जितेको बेला कसरी रोनाल्डो
उत्कृष्ट फुटबलर बने भनेर प्रश्न गरेका छन् । उनले भने-‘यदि
हामी उत्कृष्ट खेलाडीलाई भोट गर्छौं भने त्यो
मेस्सी हुन् । कसैल अरु भन्छन्, भने रोनाल्डोको टीममेटले
मात्र भन्छन् ।’
बार्सिलोनाले च्याम्पियन्स लिग, ला लिगा र
कोपा डल रे जितेर दोस्रो पटक ट्रेबलको कीर्तिमान
बनाएको छ । यससँगै बार्सिलोनामा १७ वर्ष लामो
करियर अन्त्य गर्दै जाभी बार्सिलोना छाडेर कतार
आएका छन् ।
उनले मेस्सी, नेयमार र स्वरेजले अर्को सिजन पनि नयाँ
इतिहास बनाउने दाबी गरे । यो सिजन
बार्सिलोनाको उत्कृष्ट फवार्ड लाइनमा रहेका
तीन खेलाडीले कीर्तिमानी १२२ गोल गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved