भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । चीनको उत्तरी हेवेई प्रान्तकी २६ वर्षीया
चेन सियुआनसँग एउटा अनौठो क्षमता छ । अनुवादकको
काम गर्ने उनी आफ्ना दुवै हात र दुवै खुट्टाले एकसाथ
लेख्न सक्छिन् । यतिमात्र होइन, उनी एकैसाथ दुईवटा
भाषामा पनि लेख्न सक्छिन् ।
दुई वर्षअघि एक हातले चिनियाँ र अर्को हातले
अंग्रेजी भाषामा एकसाथ लेख्न सक्ने क्षमताका
लागि उनी खुबै चर्चित भएकी थिइन् । उनले यसलाई
अझ विस्तार गरिन् र अहिले थप दुई खुट्टाले पनि लेख्न
सक्ने भएकी छन् । अंग्रेजीमा स्नातक गरेकी चेन कविता
लेख्न मन पराउँछिन् ।
र, उनी एकसाथ दुईथरी वाक्य लेख्न सक्छिन् । चेनका
अनुसार यसरी लेख्न उच्चस्तरको ध्यान केन्द्रित
गर्नुपर्दछ र यो थकाउने हुन्छ । उनी आशा गर्छिन्,
‘मलाई लाग्छ मेरो यो क्षमताले शिक्षा र वैज्ञानिक
अनुसन्धानमा नयाँ परिणाम ल्याउन सक्छ ।’
चेनले स्कुलमा हुँदा शिक्षकले दिने गरेको धेरै अंग्रेजी
होमवर्क सक्ने क्रममा यस्तो अद्भूत क्षमता पत्ता
लगाएकी थिइन् । उनी भन्छिन्, ‘जब म माध्यमिक
तहमा थिएँ, छिटोछिटो होमवर्क सक्न अन्जानवश दुई
हातले लेख्न सिकेँ ।’ चेनको यस्तो सीपको उनका
उत्सुक साथीहरूले नक्कल गर्न खोजे पनि कोही सफल हुन
सकेनन् ।
विस्तारै उनको चर्चा उनी बस्ने सहर, प्रान्त हुँदै
विश्वव्यापी भयो । डाक्टरका अनुसार चेनको
दिमागमा दायाँ र बायाँ हिस्सा जोड्ने भाग
आममानिसको भन्दा अधिक विकसित छ । चेन, जसको
अर्थ अझ बढी सोच्न भन्ने हुन्छ,ले यो क्षमता
निरन्तरको प्रयासबाट विकास गरेकी हुन् ।

0 comments:
Post a Comment