भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : दुई नाबालककी आमा नेपाली महिला
समिरा सिवाकोटीको हत्यामा संलग्न एक
युवकलार्इ अमेरिकाको कोलोनीस्थित प्रहरीले
पक्राउ गरेको छ ।
हत्यासहित विभिन्न चोरीमा घटनामा समेत संलग्न
डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस
डिपार्टमेन्टले शनिबार पक्राउ गरेको हो ।
पक्राउ गरेपछि समिराको हत्याको घटनाबारे
त्यहाँको प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको
समाचार अमेरिकाबाट सञ्चालित हिमायलय खबर
अनलाइन ले जनाएको छ ।
घटनापछि विभिन्न सुराकका आधारमा
हत्यारालार्इ पक्राउ गर्न सकिएको प्रहरीको भनाइ
छ । प्रहरीले घटनाविवरण सार्वजनिक गरेपछि
समिराको हत्या गरेको औपचारिक आरोपसहित
अदालतमा मुद्धाप्रक्रिया अघि बढाएको छ ।
समिराका परिवारले चलाउँदै आएको र्यापिडो
स्टोरमा लुटपाट गरेपछि ती युवाले उनीमाथि गोली
हानेका थिए । टाउको हानिएको गोली लागेर
समिराको तत्कालै ज्यान गएको थियो ।
समिराका हत्यारा पक्राउ परेपछि उनका पति
नवराज सिवाकोटीले पत्नीको आत्माले शान्ति
पाउने प्रतिक्रिया दिए ।
समिराको हत्यापछि किंगस्टोन छिमेकमा लुकेका
पाइएको छ । समिराको हत्याराबारेमा सूचना
दिनेलाई अमेरिकन प्रहरीले १० हजार डलर पुरस्कार
घोषणा गरेको थियो ।
त्यहाँस्थित प्रहरीले हत्यारा पक्राउ गर्न एफबीआई र
अन्य जासुसी संयन्त्र र छिमेकी राज्यका प्रहरीसँग
पनि सहयोग मागेको थियो ।
समिराको गत जेठ २८ गते हत्या भएको थियो ।
प्रहरीले समिराको हत्यामा संलग्न युवक समातिएको
जानकारी उनको परिवारलार्इ शनिबारै दिइसकेको
छ ।

0 comments:
Post a Comment