भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असार ०५ , नेपालगन्ज : एसएलसीमा अनुत्तीर्ण भएको
भन्दै बाँकेमा एक छात्राले आत्महत्या गरेकी छन् ।
बाँकेको खजुरास्थित बागेश्वरी –५ मनकानापुरकी १७
वर्षीया सीता भण्डारीले आत्महत्या गरेकी हुन् ।
नेरा मावि मनकामनापुरबाट एसएलसी दिएकी
उनलाई विज्ञान बिषय लागेको थियो ।
विज्ञानमा ७ नम्बर कम आएपछि उनी फेल भएकी
थिइन् । ५ ग्रेस मार्क दिँदा पनि उनलाई २ नम्बर
पुगेको थिएन ।
घर कोही नभएको अवस्था माथिल्लो तलाको
सिलिङमा झुण्डिएर भण्डारीले आत्महत्या गरेको
इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज
प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
आमालगायत घरका अन्य सदस्य नभएको मौकामा उनले
आत्महत्या गरेकी प्रहरीले जनाएको छ । मृतक
भण्डारीका बाबु वैदेशिक रोजगारीमा छन् । अन्नपूर्ण
पोस्ट बाट

0 comments:
Post a Comment