Home » » मलेसियाको अस्पतालमा दयाशंकरको शव सड्दै.....

मलेसियाको अस्पतालमा दयाशंकरको शव सड्दै.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मलेसिया : परिवारले शव बुझ्ने स्वकृती नदिँदा एक
नेपालीको शव मलेसियाको अस्पतालमा सात
महिनादेखि अलपत्र परेको छ ।
रुपन्देही हरिबनगइका दयाशंकर यादवको शव
मलेसियाको पुलाउ पेनाङ्ग अस्पतालमा अलपत्र परेको
हो ।
अवैध काम गरिरहँदा गत मंसिरमा मृत्यु भएका यादवको
शव नेपाल पठाउन समस्या भएको नेपाली दूतावास
मलेसियाले जनाएको छ ।
यादवको शव नेपाल पठाउन सबै प्रक्रिया पुरा गरेपनि
मृतकका परिवारले शव बुझ्ने सहमति नदिँदा अस्पतालमै
अलपत्र परेको दूतावास मलेसियाका द्धितिय सचिव
उत्तमकुमार शाहीले जानकारी दिए ।
‘यादवको शव नेपाल पठाउने प्रक्रिया अघि बढाए
पनि घरबा सहमतिको कागजात नआउँदा अस्पतालमा
नै अलपत्र परेको छ’, शाहीले भने ।
नेपालबाट काम गर्न आएको सेक्युरिटी कम्पनीबाट
भागेर अवौधानिक भएका उनको गत मंसिरमा मृत्यु
भएको थियो । भागेर काम गरिरहेको कम्पनीममै
यादवको मृत्यु भएको थियो ।
पहिला काम गर्न आएको कम्पनीले यादवको शव
नेपाल पठाउन लाग्ने खर्चको आधा व्योर्होने र
बाँकी रकम साथीले दिन तयार हँदा पनि शव नेपाल
पठाउन सकिएको छैन ।
शव नेपाल पठाउन करिव ५ हजार रिङ्गेट लाग्ने गरेको
छ । मृतकका बुवा सेतु यादवले लिखितरुपमा शव नेपाल
पठाउने या मलेसियामै दाहसंस्कार गर्ने कागजात
नपठाउँदा समस्या भएको शाहीले जानकारी दिए ।
पहिला मृतकका परिवारसँग सम्पर्क भए पनि हाल
कोही पनि सम्पर्कमा नआएको दूतावास स्रोतले
बताएको छ ।
दूतावास मलेसियाले मृतकका परिवारलाई सम्पर्कमा
आई शव वुझ्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई
पत्रचार गरिसकेको छ ।
यता शव राखिएको पुलाउ पेनाङ्ग अस्पताल र
स्थानीय प्रहरीले शव नेपाल पठाउन पटक पटक ताकेता
गरेका छन् । शवलाई मलेसियामै दाहसंस्कार गर्न पनि
परिवारको स्वीकृति आवश्यक हुन्छ । तर परिवारले
कागजात नपठाउँदा दयाशंकरको शव अस्पतालमै
सडिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved