भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बर्मा भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले दिएको अभिब्यक्तिप्रति पाकिस्तानले
गम्भिर आपत्ति जनाएको छ । पाकिस्तानको
सिनेटले मोदीले बोलेको कुराको विरोधमा एक
प्रस्ताव नै पारित गरेको त्यहाँका सञ्चार माध्यमले
जनाएका छन् ।
मोदीले ढाकामा बोल्दै पाकिस्तानले
आतंकबादलाई संरक्षण दिन बन्द गर्नु पर्ने बताएका
थिए ।
मोदीको बोलीलाई पाकिस्तानले खतरनाक भनेको
छ । भारतीय नेतृत्वबाट आएको यस प्रकारको
अभिब्यक्तिलाई गैरजिम्मेबार भन्दै पाकिस्तानी
प्रधानमन्त्री नवाज शर्रीफले आफ्नो देशको हित
रक्षा गर्न जुनसुकै कदम चाल्ने बताएका छन् ।
पाकिस्तानका दुवै सदनबाट मोदीको बोलीलाई
निन्दा गरिएका प्रस्ताव पारित भएका छन् ।
त्ससैगरी भारतीय सेनाले बर्मामा गरेको सैन्य
कारवाहीको पनि पाकिस्तानले विरोध गरेको छ ।
प्रधानमन्त्री नवाज शर्रीफले भारतको ब्यवहारले
शान्तिपूर्णरुपमा समाधान खोज्ने पाकिस्तानी
प्रयास निराशामा परेको समेत बताएका छन् ।

0 comments:
Post a Comment