Home » » दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको धक्का

दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको धक्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं: शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर
फेरि भूकम्पको धक्का महसुस भएको छ। बिहान १० बजेर
१९ मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का
महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र ले जनाएको
छ।
आज बिहान मात्रै १ बजेर २२ मिनेटमा गोरखालाई
केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको धक्का महसुस
भएको थियो।
यसअघि बिहीबार मध्यराति सिन्धुपाल्चोकलाई
केन्द्रबिन्दु बनाएर राति ९ बजेर ५७ मिनेटमा ५.३
म्याग्निच्यूडको भूकम्पको धक्का करिब १० सेकेन्डसम्म
महसुस भएको थियो।
भूकम्पको धक्का काठमाडौं उपत्यका, नुवाकोट,
सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र
नवलपरासीसम्म महसुस भएको छ । त्यसैगरी पूर्वी
नेपालमा भोजपुर र खोटाङसम्म पनि भूकम्पको धक्का
महुस भएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved