Home » » निःशुल्क भिसा र टिकटले विदेशिने कामदार नघट्ने...

निःशुल्क भिसा र टिकटले विदेशिने कामदार नघट्ने...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

श्रम तथा रोजगार मन्त्रालयले गरेको
निर्णयबमोजिम ७ मुलुकमा निःशुल्क भिसा र टिकट
लागू भए पनि त्यसले बिदेशिने कामदार नघट्ने
निश्कर्षमा सरकार पुगेको छ ।
हाल आइरहेको मागमा ४२ प्रतिशत कामदारमात्र
कामका लागि बाहिरिने गरेका छन् । ५८ प्रतिशत
माग अझै पनि खेर गइरहेको छ । निःशुल्क भिसा र
टिकटको बाध्यकारी ब्यवसस्था भएसँगै कामदार
माग ५८ प्रतिशत घटे पनि विदेशिने संख्या नघट्ने
निश्कर्षमा सरकार पुगेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार हाल ६ खाडी
र मलेसियालगायत मुलुकका रोजगारदाता कम्पनीले
नेपालबाट माग गर्ने कामदारको तुलनामा
आधामात्रै युवा जाने गरेका छन् । तैपनि कामदारले
म्यानपावर एजेन्सीलाई एक लाख रुपैयाँभन्दा बढी
रकम तिर्छन् । माग ल्याउन नेपालकै म्यानपावरबीच
चल्ने किसिमको कमिसनको होडबाजीले कामदार
बढी रकम तिर्न बाध्य हुँदै आएका छन् ।
‘हाल खाडी मुलुक र मलेसियाका रोजगारदाताले
नेपाली कामदारको टिकट र भिसा खर्च
ब्यहोरिरहेका छन्, त्यही कारण अहिलेको निर्णयले
माग घट्दैन,’ विभागका महानिर्देशक भरतराज सुवेदी
भन्छन्, ‘केही माग घट्न सक्छ, विदेशिनेको संख्या
अहिलेकै जस्तो हुन्छ ।’ चालु आवको वैशाखसम्म खाडी
र मलेसिया लगायत मुलुकका रोजगारदाताले १०
लाख ७५ हजार नेपाली कामदार मागेका छन् ।
तीमध्ये करिब ४२ प्रतिशत (४ लाख ४८ हजार) मात्र
विदेशिएका छन् । श्रम बजारमा आउने संख्याभन्दा
विदेशबाट आउने नेपाली कामदारको मागको आकार
ठूलो छ । आजको कारोबारमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved