Home » » सरकारी स्कूलबाट नेपाल टप गर्ने भावना भन्छिनः देश सेवा गर्छु....

सरकारी स्कूलबाट नेपाल टप गर्ने भावना भन्छिनः देश सेवा गर्छु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एसएलसी परीक्षामा छात्रातर्फ नेपाल प्रथम बनेकी
रुपन्देही तिलोत्तममा शान्ति नमूना उच्च माध्यमिक
विद्यालयकी भावना अर्याललाई अहिले बधाई र
शुभकामनाको ओइरो लागिरहेको छ । भावनालाई
बधाई लिन भ्याई नभ्याई छ भने उनी पढेको
विद्यालय प्राङ्गणमा पनि यतिबेला पूरै हर्षाेल्लास
छाएको छ । नतिजा निस्केपछि जब धेरैले नेपाल प्रथम
भयौं भनेर फोन आउन थाल्यो त्यसपछि उनलाई
विश्वास नै थिएन । धेरै ठाउँबाट बधाईको ओइरो
लागेपछि उनलाई विद्यालय टप भएको होला भन्ने
लागेको थियो । तर जब उनको विद्यालयका
सहप्राचार्य कूलप्रसाद लामिछानेले नै फोन गरेर
दोस्रो पटक बधाई दिदैं छात्रामध्ये नेपाल प्रथम
भएको जानकारी गराए त्यसपछि उनको खुसीको
सीमा नै रहेन । रुपन्देहीको तिलोत्तममा
नगरपालिका मणिग्राममा पर्ने शान्ति नमूना उच्च
माध्यमिक विद्यालयकी छात्रा भावना अर्यालले
९३. ८७ प्रतिशत अङ्क प्राप्त गर्दै छात्रामध्ये नेपाल
प्रथम भईन् । भावना यसअघिका अन्य परीक्षामा
पनि जिल्लामै प्रथम स्थान हासिल गर्दै आएकी थिइन
। उनले कक्षा ६ सम्म न्यू इन्भाइरमेन्ट बोर्डिङ स्कूलमा
अध्ययन गरेकी थिइन् । उनले कक्षा ७ बाट सामुदायिक
विद्यालयमा अध्ययन थालेकी थिइन ।
भावनाले
एक विषयमा पूरा पूर्णाङ्क नै प्राप्त गरेकी छन् । त्यो
पनि गणित विषयमा । उनले अनिवार्य गणितमा १००
पूर्णाङ्कमा १०० नम्बर नै प्राप्त गरेकी छन् । त्यस्तै
कम्प्यूटर साइन्समा पनि ९९ नम्बर प्राप्त गरेकी छन् ।
उनले ऐच्छिक गणितमा ९८, विज्ञानमा ९७, अग्रेजीमा
९४, नेपालीमा ९० , सामाजिकमा ८६ र जनसंख्यामा
८७ अंक प्राप्त गरेकी छन्् । उनको कूल अंक ७५१ आएको छ

सँगै उत्तीर्ण भएका साथीहरुका साथमा भावना
अर्याल गत चैत १३ गते परीक्षा सकियो । त्यसपछि
उनका अभिभावकले कति नम्बर आउँछ भनेर अनुमान गर्न
भनेका थिए । त्यतिबेला उनले ९० प्रतिशत त पक्कै
आउला भनेकी थिइन । असार ४ गते जब परीक्षाफल
प्रकाशित भयो, तब उनले आफ्नो नतिजा हेरेपछि
दङदास परिन । ननस्टपखबरसँग कुरा गर्दै अर्यालले
भनिन्, ‘ रिजल्ट मैले सोचेभन्दा नि राम्रो आयो निकै
खुसी लागेको छ ।’ अहिले उनलाई साथीभाइ ,
आफन्तजनले मात्र होइन , नचिनेका मान्छेहरुले समेत फोन
गरेर बधाइ दिन थालेका छन् । त्यतिमात्र होइन ,
बिभिन्न संचारमाध्यामबाट समेत अन्तरवार्ता र
उनको प्रतिक्रियाका लागि फोन आउने गरेको छ ।
भावनाले यसरी धेरै मिडियाहरु अगाडि आउँलान भन्ने
पनि सोचेकी थिइनन । नत उनलाई नेपाल प्रथम नै हुन्छु
भन्ने थियो । आफ्नो परीक्षा राम्रो भएकोले
राम्रो अंक आउँछ भन्ने मात्र विश्वास उनलाई थियो
। ननस्टपखबरसँग कुरा गर्दा भावनाले आफ्नो
विद्यालय, आफूलाई पढाउने शिक्षकहरु र
अभिभावकलाई सम्झिन् । उनले भनिन, “रिजल्टपछि अब
अझ राम्रो कसरी गर्ने भन्ने मलाई कता कता डर पनि
लागेको छ ।” उनले यसले आफूलाई हौसला पनि
बढाएको र आगामी दिनमा अझै मेहनत गर्ने बताइन ।
पढेपछि के गर्ने भन्ने प्रश्नमा भावनाले आफूलाई
समाजसेवा गर्ने मन भएको बताइन । साथै उनलाई
देशको सेवा गर्न धेरै मन छ । त्यस्तै उनी एमबीबीएस पढेर
डाक्टर बन्ने र दुरदराजका विरामीको सेवा गर्ने मन
पनि छ । एक प्रसंगमा उनले अहिले धेरै मान्छेहरु उच्च
शिक्षा पढ््न विदेश गएको तर आफू कुनै पनि हालतमा
देश नछाड्ने बताइन । उनी भनिन्, देशमा धेरै पढेका
जनशक्ति आफ्नो भविष्यको लागि विदेश पलायन
हुन्छन् तर म यही देशमा केही गर्न चहान्छु ।” भावनाको
विद्यालय शान्ति नमूना उच्च मावि तिलोत्तमा
मणिग्रामका प्राचार्य घनश्याम ज्ञवालीको पनि
यतिबेला खुसीको सीमा छैन । उनलाई पनि बधाईको
ओइरो त्यतिकै छ । उनी भन्छन्, सायद भावनाभन्दा
बढी बधाई मलाई आएको होला । उनले लागेपछि केही
हुन्छ भन्ने नमूना आफ्नो विद्यालयले देखाउन पाउँदा
निकै खुसी लागेको बताए ।नन स्ट्प खबरमा खबर छ ।
उनले निजी विद्यालयहरुको अस्वथ्य प्रतिप्रर्धाका
बीचमा पनि शान्ति नमूनाले पाएको सफलतामा
विद्यार्थीहरु , शिक्षकहरु र सबै अभिभावकहरु सबै
हिस्सेदार भएको बताए । एसएलसीको पूरा नतिजा
हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved