भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या
प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ ।
तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी
महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत
व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि
नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि
यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी
महिलामा गरिएको थियो । यौनव्यवसायमा
संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको
सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै
यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५
वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६
प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले
देखाएको छ । ‘परिवारका सदस्य यौनव्यवसायी
महिलाको आम्दानीमा निर्भर छन् अनुसन्धान
प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको
परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै
कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये
करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर
यौनव्यवसायी महिलाले शिक्षाका लागि
जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले
देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र
त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७
प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत
यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त
लोग्ने छाडेर बसेका छन्
१२ प्रतिशतभन्दा बढी विधवा पनि
यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ ।
करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति
पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् । ३४
प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् ।
विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको
श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका
थिए । सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये
८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए ।
अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका
प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट
गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६
सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको
पनि संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत
यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।
करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा
सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८
प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क
पाउने गरेका छन् ।
उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा
स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् ।
उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र
नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन
प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७
प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित
क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए ।
परिवार नियोजनको साधनको प्रयोगबारे
सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत
प्रयोग गरिने परिवार नियोजनका अस्थायी
साधनबारे बताएका थिए । त्यस्तै, ५० प्रतिशत
यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका
छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१
प्रतिशतले गर्भधारणबाट जोगिन परिवार
नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।
अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स
रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट
एचआइभी/एड्सबारे जानकारी पाएको बताएका
थिए ।
त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत
यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या
रहेको बताएका थिए । ३१ प्र्रतिशतले नौदेखि १४
वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको
बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो
यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले
देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत
यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा
भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका
यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।
0 comments:
Post a Comment