भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल असार ६ गते। आइतबार। इश्वी
सन् २०१५ जुन २१ तारिखको राशिफल .....
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
पारिवारिक सहयोग
जुट्नाले काममा फाइदा
उठाउने अवसर मिल्नेछ।
प्रतिभा प्रदर्शन गर्दै
बौद्धिक कार्यबाट
लाभ उठाउने मौका छ। प्रयत्न गरेका काम
ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै
पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
पेटको खराबीले स्वास्थ्य भने कमजोर
रहला। व्यावसायिक काम बीचमा
अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट
लाभ मिल्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
सुरुमा विभिन्न मौका
आए पनि
परिस्थितिअनुसार चल्न
नसक्ता अलि दुःख
पाइनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ। विगतका निर्णयले
काममा चुनौती आउने देखिन्छ। अरूको
सुझावप्रति शंका उब्जनेछ। महत्वाकांक्षी
योजना तत्काल सार्वजनिक नगर्नु नै बेस
होला। परिवारजनको सहयोग लिँदा
राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट
पनि लाभ होला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
प्रशस्त धन आर्जन गर्ने
मौका छ। रचनात्मक
काममा जुट्ने समय छ।
पराक्रम र उत्साह बढ्नेछ।
उद्योग र व्यापारमा
विशेष फाइदाको योग छ। प्रतिस्पर्धी
परास्त होलान्। आम्दानी बढ्नेछ।
सहयोगीहरूले साथ दिनेछन् र काममा
सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र
व्यावसायिक काममा भने केही चुनौती
सामना गर्नपर्ला। नयाँ काममा हात
हाल्ने समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
मान–सम्मान बढ्नेछ।
बोलीको भरमा काम
सम्पादन हुने योग छ।
विचारले धेरैलाई आकर्षण
गर्ने समय छ। प्रशंसकहरू
बढ्नेछन्। सहयोगीहरूले काममा साथ
दिनेछन्। राम्रै फाइदाको योग छ।
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
रोकिएका काम सम्पादन हुनेछन्। पठन–
पाठनमा प्रगति हुनेछ। विशेष सभा–
समारोहमा सहभागी बन्ने मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
केही खर्च भए पनि
इच्छाशक्ति एवं काममा
उत्साह बढ्ने समय छ।
प्रयत्न गरेको काम छोटै
समयमा पूरा हुनेछ।
प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र
मित्रताको गाँठो कसिएर जाला।
कामबाट सजिलै फुर्सद पाइनुका साथै
प्रसन्नता मिल्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
सुरुमा रामै्र आम्दानी
भए पनि तत्काल खर्चको
मात्रा बढ्ने देखिन्छ।
व्यवसायमा लगानी
बढाउनुपर्ने समय छ। आफ्नै
कमजोरीले विवादमा परिने योग छ, सचेत
रहनुहोस्। प्रतिस्पर्धामा पनि केही
कमजोर सावित भइएला। आफन्तबाट समेत
टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने
सामान्य लाभ लिन सकिनेछ।
स्थानान्तरण र टाढाको यात्रा पनि
सम्भावना छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
सामाजिक प्रतिष्ठा
पाइनुका साथै
व्यावसायिक काममा
राम्रै फड्को मार्न
सकिनेछ। साझेदारी र
सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ
जिम्मेवारी पाइएला। लामो समयदेखि
रोकिएको काम बन्नुका साथै
आम्दानीको स्रोत समेत बढ्नेछ।
पारिवारिक आवश्यकता पूर्ति होला।
श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको
उपयोगबाट सोचेभन्दा बढी नै लाभ हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
सामाजिक दायित्व
पूरा गर्दै विशेष अवसर
हातपार्ने समय छ।
आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ। दाम,
इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि,
वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने
योग छ। व्यापारमा प्रशस्त फाइदा
हुनेछ। काममा मातापिताको सहयोग
प्राप्त होला। प्रतिष्ठित काम गर्ने
मौका छ। अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
विभिन्न अवसर आए पनि
आँटेको काम समयमा
पूरा गर्न नसकिएला।
अरूका लागि प्रयोग
भइनेछ। धेरै प्रयत्नपछि
केही काम बन्नेछन्। सहयोगीहरूको साथ
जुट्नाले आंशिक सफलता मिल्नेछ। आस
मारेको काम बन्नाले उत्साह जाग्नेछ।
सम्पादित कामबाट धेरैलाई फाइदा पुग्न
सक्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी
भने थपिन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
सुरुको समय रमाइलो रहे
पनि बन्ने निश्चय भएको
काम अचानक बिग्रन
सक्छ। लगानी, दौडधुप,
श्रम र प्रयत्नको उचित
मूल्य नपाइएला। प्राप्त न्यून उपलब्धिमै
चित्त बुझाउनुपर्ला। नयाँ काममा हात
हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
गरी आएको कामलाई भने निरन्तरता दिन
सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले
सताउनेछन्, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
सुरुमा प्रशस्त लाभ मिले
पनि अलि बाध्यतामा
अलमलिनुपर्ला।
विवादमा समेत
परिएला। तापनि, दिन
मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक
यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै
बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइनुका साथै
प्रेमको बन्धन कसिनेछ। दाम्पत्य जीवन
सुखद, समृद्ध बन्नेछ। सवारी साधन उपयोग
गर्दा अलि सावधानी अपनाउनुपर्ने समय
छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
चुनौती चिर्दै काम
बनाउन सकिनेछ।
रोकिएका काम बन्नाले
उत्साह जाग्नेछ। संघर्ष
गरेरै अधिकार स्थापित
गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।
प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
व्यापारलगायत आर्थिक लाभ हुने
काममा राम्रै फाइदा हुनेछ। प्रगतिमा
आरिस गर्नेहरूले काममा अवरोध पुर्याउन
सक्छन्। योजना गोप्य राखेर अघि बढ्दा
फाइदा हुनेछ

0 comments:
Post a Comment