भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल असार २१ गते। सोमबार। इश्वी
सन् २०१५ जुलाई ६ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
व्यावसायिक काममा
राम्रै फड्को मार्न
सकिनेछ। श्रमको उचित
मूल्यांकन हुनेछ। नयाँ
जिम्मेवारी पाइएला।
लामो समयदेखि रोकिएको काम बन्नुका
साथै आम्दानीको स्रोत समेत बढ्नेछ।
साझेदारी र सट्टापट्टामा विशेष लाभ
मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति
होला। पितृधनको उपयोगबाट विशेष
फाइदा होला। सोचेभन्दा बढी नै लाभ
हुने योग छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
कामको सन्दर्भमा
प्रसिद्ध व्यक्तित्वहरूसँग
मित्रता बढ्नेछ। विशेष
नयाँ काम वा नोकरी
सुरु गर्ने समय छ।
व्यापार–व्यवसायमा लाग्नेहरूलाई पनि
फाइदै होला। रुचिका विषयमा लगानी
बढाउने मौका छ। विभिन्न अवसरले
पछ्याउनेछन्। भविष्यका लागि विशेष
काममा जग बसाउन सकिनेछ। सेवामूलक
कामबाट प्रतिष्ठा मिल्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
आस मारेको काम
बन्नाले उत्साह जाग्नेछ।
सानो प्रयत्नले ठूलो
काम सम्पादन हुनेछ।
गरेका कामबाट धेरैलाई
फाइदा पुग्न सक्छ। सामाजिक काममा
रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ
मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्।
धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन
हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ
हुनेछ। भाग्योन्नतिको समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
बन्ने निश्चय भएको काम
अचानक बिग्रन सक्छ।
लगानी, दौडधुप, श्रम र
प्रयत्नको उचित मूल्य
नपाइने समय छ। प्राप्त
न्यून उपलब्धिले मन बुझाउन नसकिएला।
नयाँ काममा हात हाल्न केही समय
पर्खंदा राम्रो हुनेछ। गरी आएको
कामलाई भने निरन्तरता दिन सकिनेछ।
आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्,
सचेत रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
केही अधैर्यपना बढ्नेछ।
तापनि दिन
मनोरञ्जनपूर्ण रहनेछ।
नयाँ ज्ञान सिक्ने
मौका छ। पढाइमा
प्रगति हुनेछ। प्रयत्न गर्दा व्यावसायिक
काम सम्पादन हुनेछन्। व्यापारमा भने
सोचेको लाभ नमिल्न सक्छ। यात्रामा
अलि समस्या आउने र बाध्यताका
काममा जुट्नुपर्ने योग छ। विगतका
समस्या बल्झिन सक्छन्। दाम्पत्यमा
असमझदारी बढ्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
प्रयत्न गर्दा मौकाको
फाइदा लिन सकिनेछ।
यात्रामा विशेष लाभ
होला। शत्रु र रोगबाट
छुटकारा मिल्ने समय छ।
मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
व्यापार तथा उद्योगतर्फ सामान्य
फाइदाको योग छ। अधिकारका लागि
केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले
अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्।
परिस्थितिले अरूको हातमा गइसकेको धन
फिर्ता दिलाउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
बौद्धिक कार्यबाट
धनलाभ हुनेछ। आफ्नो
प्रतिभा अरूलाई देखाउन
सकिनेछ। गुरुजनको विशेष
सहयोग जुट्नेछ। प्रयत्न
गरेका काम ढिलै सम्पादन भए पनि
उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा
प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने
कमजोर रहला। व्यावसायिक काम
बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका
माध्यमबाट काम बन्ने देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
परिस्थितिअनुसार चल्न
नसक्ता अलि दुःख
पाइनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ।
विगतका निर्णयले
काममा चुनौती आउने देखिन्छ। अरूको
सुझावप्रति शंका उब्जने समय छ।
महत्वाकांक्षी योजना तत्काल
सार्वजनिक नगर्नु नै बेस होला।
परिवारजनको सहयोग लिँदा राम्रो
हुनेछ। तर, अरूको भर पर्दा धोका हुन सक्छ,
सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
सहयोगीहरूले राम्रो
साथ दिनेछन्।
रोकिएका काम बन्ने र
नयाँ काम सुरु गर्ने समय
छ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई
पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ।
विगतका कर्मको उचित प्रतिफल पाइनेछ।
कृषिमा सामान्य र व्यवसायमा राम्रो
फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन
गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
विभिन्न अवसरले
तपाईंलाई पछ्याउनेछन्।
बोलीको प्रभाव पनि
बढ्नेछ। ठीक समयमा
सही निर्णय लिन
सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता
बढ्नेछ। तापनि, केही अवसर फुत्कने
सम्भावना देखिन्छ, सचेत रहनुहोला।
दीर्घकालीन रूपमा फाइदा हुने काममा
हात हाल्ने समय छ। तार्किक क्षमता
बढ्नेछ। विशेष सभा–समारोहमा भाग
लिने मौका छ। मानसम्मान पाइनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
प्रतिष्ठित काम गर्ने
मौका छ। आत्म–
विश्वास बढ्नेछ।
विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ।
पारिवारिक जमघटमा मन रमाउनेछ। मन
पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने
योग छ। स्वादिष्ट भोजनको आनन्द समेत
पाइएला। कामबाट फुर्सद मिल्नेछ।
सहयोगीहरूले राम्रो साथ दिनेछन्।
रोकिएका काम सम्पादन हुने र नयाँ काम
पाइने योग छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
काममा आलस्य जाग्ने र
खर्चको मात्रा बढ्ने
देखिन्छ। व्यवसायमा
लगानी बढाउनुपर्ने समय
छ। आफ्नै कमजोरीले
विवादमा परिने योग छ, सचेत रहनुहोस्।
प्रतिस्पर्धामा पनि केही कमजोर
सावित भइएला। आफन्तबाट समेत
टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने
सामान्य लाभ लिन सकिनेछ।
स्थानान्तरण र टाढाको यात्रा पनि
सम्भावना छ।

0 comments:
Post a Comment