Home » » पारस छोराछोरीसँग सेल्फीमा मख्ख : भूकम्पले खुलायो निर्मल निवासको ढोका

पारस छोराछोरीसँग सेल्फीमा मख्ख : भूकम्पले खुलायो निर्मल निवासको ढोका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, असार ६ – वैशाख १२ गतेको भूकम्पले
धेरैलाई बेहाल बनायो । तर पूर्व युवराज पारस
शाहको लागि भने त्यो भूकम्प परिवारसँग
सम्बन्ध बढाउने राम्रो अवसर भयो । त्योदिन
भूकम्प नगएको भए शायद उहाँ अहिलेसम्म निर्मल
निवासमा सहजै प्रवेश गर्न पाउनुहुन्नथियो ।
भूकम्पले उहाँलाई निर्मल निवासको ढोका
खोलिदियो ।
‘भूकम्पपछि घरपरिवार र आफन्तलाई के भयो भन्ने
सबैलाई चिन्ता हुने नै भयो, त्यसैले भूकम्प लगत्तै
उहाँ निर्मल निवास पुग्नुभयो, हालखबर
बुझ्नुभयो र अहिले पनि बेलाबेला निर्मल
निवास गैरहनुहुन्छ’ पारसका एक सहयोगीले
उज्यालो अनलाइनसँग भने । चारवर्ष बैंकक बसेर
चैतको तेस्रो हप्ता स्वदेश फर्किएका पारसले
त्योबेला निर्मल निवास जान पाउनुभएन ।
स्वागतको लागि विमानस्थल समेत नगएका
परिवारले उहाँलाई निर्मल निवास नआउन भने ।
त्यसपछि उहाँ काठमाडौं महाराजगञ्जको
चप्पल कारखाना नजिकै रहेको कुण्डलिनी
फिटनेश सेन्टरमा बस्न थाल्नुभयो । धीरेन्द्र
शाहकी छोरी शिताष्मा र अरु सहयोगीले
उहाँलाई साथ दिए ।
विगतको गतिविधि, थाईल्याण्डमा लागू
औषधको कारोबार र थुना, थाई
प्रेमिकासँगको सम्बन्ध र स्वास्थ्यको कारण
पनि पारसले परिवारको साथ नपाउनुभएको हो
। तत्काल परिवारको साथ नपाएपनिसबैको मन
जित्ने प्रयासमा रहेका पारसले यसबीचमा
आफूलाई सुधार्ने धेरै प्रयास गर्नुभएको
सहयोगीको भनाई छ ।
‘छोराछोरी त पहिलेदेखि नै झुम्मिन्थे, अरुसँग
पनि अहिले राम्रो सम्बन्ध हुन थालेको छ’ ती
सहयोगीले भने, ‘निर्मल निवास गैरहनेपनि
उहाँको बसोबास भने अहिले पनि कुण्डलिनी
क्लवमै छ ।’ बेलाबेला छोराछोरीसँग भेट गरिरहने
पारसले आइतबार आफ्नो फेसबुकमा तस्विर समेत
अपलोड गर्नुभएको छ । छोराछोरीसँग
सेल्फीमा मख्ख देखिएका पारस पहिले भन्दा
हँसिलो र मोटाएको देखिन्छ । ‘पहिले भन्दा
उहाँ धेरै चेन्ज भैसक्नुभयो’ ती सहयोगीले भने ।
छोराछोरीसँग सम्बन्ध राम्रो भएपनि पत्नी
हिमानीसँग भने उहाँको सम्बन्ध अझै राम्रो छैन
। निर्मल निवासको ओहोरदोहोर बाक्लो
भएपनि पूर्व राजा र रानीसँग पनि सम्बन्ध
त्यति सुध्रिसकेको छैन ।
बा आमा र श्रीमतीसँग खटपट भएकै कारण चार
वर्षअघि पारस बैंकक जानुभएको हो । त्यहाँ
उहाँ थाई प्रेमिकासित बसेको चर्चा चलेपछि
पूर्व राजपरिवार झनै असन्तुष्ट भएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved