भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विन्दास र विन्दास २’ हट दृश्यकै कारण चर्चामा
रहेपछि निर्देशक राजु गिरीले यसको तेश्रो
सिक्वेलमा पनि यस्ता दृश्य छाडेनन् । हाल
नेपालगञ्जमा छायांकन भैरहेको चलचित्रका लागि
फेरि एक बेडसिन खिचिएको छ । चलचित्रमा यस्ता ३
वटा दृश्य समावेश हुने उनको भनाई छ ।
‘विन्दास र विन्दास २’मा सुष्मा कार्कीलाई लिएर
उत्तेजक दृश्य खिचेका राजुले यसपटक भने नयाँ
अनुहारलाई प्रयोग गरेका छन् । चलचित्रमा अशोक
फुयाँल, शुभेच्छा थापा, मनिष कार्कीको मुख्य
भूमिका छ ।
चलचित्रका लागि खिचिएको नयाँ बेडसिन कथाको
आवश्यकता अनुसार भएको उनले तर्क गरे । चलचित्रले
यसपटक त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ ।
चलचित्रका लागि यसपटक बेडसिन दिने कलाकार
बिनु खड्का हुन् । उनले राकेश गिरीसँग मिलेर बेडसिन
दिएकी हुन् ।
भाष्कर श्रेष्ठ र रिचर्ड कुमार रसाइलीको लगानीमा
छायांकन भैरहेको यो चलचित्रका अब २ गीत मात्र
खिच्न बाँकी छ । चलचित्रमा अर्जुन पोख्रेलले संगीत
भरेका छन् । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा यो
चलचित्रको निर्माण भैरहेको छ ।

0 comments:
Post a Comment