Home » » दक्षिण कोरियामा दुर्घटनामा परी २ नेपालीको ज्यान गयो....

दक्षिण कोरियामा दुर्घटनामा परी २ नेपालीको ज्यान गयो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२१ असार, सोल ।
दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा परेर
दुई नेपालीको ज्यान गएको छ । आइतबार साँझ
छाङवनमा भएको उक्त दुर्घटनामा स्याङजा विरुवा
अर्चलका त्रिचालीस वर्षीय भिमसेन के.सी र
नवलपरासी सुनवलका त्रिपन्न वर्षीय राम बहादुर
सिंजालीको ज्यान गएको हो ।
आइतबारे विदाको दिन घुमेर कम्पनीमा फर्कदै गर्दा
सडकको पर्खालमा ठोक्किएर मोटरसाइकल
दुर्घटनामा परेको जनाइएको छ । के.सीको
दुर्घटनास्थलमै र सिंजालीको उपचारका लागि
अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको
बताइएको छ ।
मृतक के.सी शरणार्थी भिषामा र सिंजाली लामो
समय देखि अबैधानिक रुपमा बस्दै आएको बुझिएको छ
। मृतकहरुको शव सामसंग अस्पतालमा राखिएको छ ।
यसैबीच सोलस्थित नेपाली दुतावासले
आधिकारिकरुपमा घटनाको जानकारी नआएको
बताएको छ । तर केही नेपालीहरुले घटनाको बारेमा
जानकारी गराएको र त्यसका बारेमा जानकारी
लिने प्रयास भइरहेको दुतावासका उपनियोग प्रमुख
राजाराम बर्तौलाले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved