Home » » सलमान खानलाई फाँसीको सजायँ !

सलमान खानलाई फाँसीको सजायँ !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला
फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा
आउने गर्छन् ।
भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट
जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच
वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो
अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको
यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ ।
यही क्रममा विहीबार भारतमा फाँसी सजायँ
सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै
सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ
। त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ
भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले
सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी
छिन् ।
सांसद उषा ठाकुर ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा
झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी
गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष
लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा
चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् ।
सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन
अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर
न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।
यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक
र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको
राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ ।
उनका समर्थकले पनि सामाजिक सञ्जालमा
मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल
भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved