Home » » नेपाललाई हिन्दु राष्ट्र बनाउन मुस्लिम समुदायको माग

नेपाललाई हिन्दु राष्ट्र बनाउन मुस्लिम समुदायको माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धरान, १४ साउन । संविधानमा हिन्दु राष्ट्र कायम
गरिनुपर्ने माग राख्दै हिन्दुवादीहरुले छ दिनयता
इटहरीमा गरीरहेको आन्दोलनमा मुस्लिम
धर्मालम्वीहरुले समेत समर्थन जनाएका छन् ।
वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष
समितिले विहीबार इटहरीमा निकालेको र्याली,
बन्द र कोणसभामा मुस्लिमहरुको समेत सहभागिता
थियो । उनीहरुले ‘हिन्दु–मुस्लिम भाईभाई रक्षा
गरौं गाईलाई’ लगायतका नारा लगाए ।
हिन्दु राष्ट्र हुनुपर्ने भन्दै आन्दोलनरत
हिन्दुवादीहरुलाई आफ्नो पनि समर्थन रहेको नेपाल
मुस्लिम संघका केन्द्रिय सदस्य सहादत हुसैनले बताए ।
उनले नेपालमा हिन्दु र मुस्लिमबीच भाईभाईको
सम्बन्ध रहेको बताउँदै सदियौंदेखि नेपाल हिन्दु राष्ट्र
रहेकाले अबपनि हिन्दु राष्ट्र हुुनुपर्ने धारणा राखे ।
हिन्दुवादीहरुले आजपनि एक घण्टा इटहरीमा
चक्काजाम गर्दै हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका
छन् । यसैबीच, नेपालका प्रथम जगत गुरु बालसन्तले समेत
हिन्दु राष्ट्र मागगर्दै भइरहेको आन्दोलनप्रति
ऐक्यबद्धता जनाएका छन् । उनले हिन्दुवादीहरुले
इटहरीमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप
लगाउदै दमनको भत्र्सना समेत गरे ।
आज इटहरीमा हिन्दुवादीहरुले गरेको प्रदर्शनमा ठूलो
संख्यामा मुश्लिम समुदायका प्रदर्शनकारीहरु सडकमा
उत्रिएका थिए । यसअघि नेपालको राष्ट्रिय झण्डा
दुरुपयोग गर्दै आएका प्रदर्शनकारीहरुले हिजोदेखि भने
हिन्दुहरुको पहेलो झण्डा मात्र प्रयोग गर्न थालेका
छन् ।
झण्डा दुरुपयोगको समाचार प्रशारण भएपछि इलाका
प्रहरी कार्यालयले त्यसलाई खोसेको थियो भने,
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले झण्डा
दुरुपयोग नगर्ने शर्तमा फिर्ता दिएका थिए ।
सुनसरीका राजनीतिक दलहरुले समेत राष्ट्रिय
झण्डालाई दुरुपायोग नगर्न आग्रह गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved