भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २१ असार । जीवनकुञ्जमा दैनिकी
जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र
पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् ।
करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि
नेपाल आएका पारससँग छोरी
पूर्णिका,कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेको
नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पत्नी हिमानी भने निर्मल निवासमा बस्ने गरेकी
छिन् । धर्मकर्ममा अधिक विश्वास गर्ने
हिमानीलाई कपन पञ्चकन्या बस्दै आएकी माता
सविता सरु शर्मा आचार्यले तत्काल श्रीमान्
पारससँग नबस्न आग्रह गरेपछि उनी अहिलेसम्म छुट्टै
बसेकी छिन् ।
निर्मल निवास स्रोतका अनुसार माताकै
आग्रहपछि पारस र हिमानीसँगै बस्ने सम्भावना
रहेको छ ।

0 comments:
Post a Comment