भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दाङ : घोराही नगरपालिका वडा नं. ४ चौघेराका
३८ वर्षीय रमेश विकलाई जिल्ला प्रहरी कार्यालय
दाङले पक्राउ गरेको छ।
त्रिपुर नगरपालिका ४ सौंरी घर भई हाल घोराही
नगरपालिका ४ मा बस्ने ५६ वर्षीया देवकी विकको
हत्या अभियोगमा रमेशलाई प्रहरीले आइतबार पक्राउ
गरेको हो।
अभियुक्त रमेशले साउन ७ गते राति घोराही
नगरपालिका– ४ कृष्णटोलस्थित बहिनी विमला
विकको एकतले कच्ची भान्साघरमा देवकीको
शिरच्छेदन गरी हत्या गरेको अभियोग लागेको छ।
धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार
भएको र दाङकै सतबरिया गाउँ विकास समिति वडा
नं. २ कप्तानगञ्जस्थित जंगलमा लुकेको अवस्थामा
प्रहरीले रमेशलाई पक्राउ गरेको हो । झोला
खानतलासी गर्दा १ थान खुकुरीसहित रमेशलाई
पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले
जनाएको छ।
घोराही नगरपालिका– ४ का ५० वर्षीय रुपलाल
विकको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले
उनलाई खोजी गरिरहेको थियो। अभियुक्त रमेशलाई
हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले
बताएको छ।
उक्त व्यक्ति मानसिक रोगीजस्तो देखिएको र
विगतमा गाडेको लाश निकाल्ने, खसीबाख्रा
काट्ने गरी टाउको, मुटुकलेजो, आन्द्रा निकाल्ने र
खाने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको
प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले
जानकारी दिए। “भर्खरै ल्याएर सोधपुछ गरिरहेका
छौं”, उनले थपे, “अलि डराएको जस्तो देखिएको छ ।
अझै केही खोलेको छैन।”
0 comments:
Post a Comment