Home » » अर्का बालक पनि ‘देउतालाई चढाएको’ आशंका

अर्का बालक पनि ‘देउतालाई चढाएको’ आशंका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कुडिया गाउँ शोकाकुल
अझै पनि अन्धविश्वासको
गहिरो प्रभाव

कुडिया (नवलपरासी), श्रावण १० - बिरामी
छोरालाई बचाउन एक साताअघि ‘देउतालाई
चढाउने’ नाममा यहाँका एक झाँक्रीले छिमेकी
बालकको निर्मम हत्या गरेपछि गाउँ शोकाकुल छ ।
घटनाले अरू गाउँलेलाई स्तब्ध बनाएको छ । एउटा
बालकलाई बचाउने अन्धविश्वासमा अर्को बालकको
हत्या भएको दोस्रो दिन पनि गाउँलेहरू स्तब्ध देखिन्थे

कोदाई चामारलगायतले गत मंगलबार १० वर्षीय सोनु
भनिने जीवन कोहारको हत्या गरेका प्रहरीसमक्ष
स्वीकार गरिसकेका छन् । सोनुकी आमा निर्मला अझै
बेहोस छिन् । उनी छोरा भन्दै चिच्याउँछिन् ।
छिनमा बेहोस हुन्छिन् । उनलाई मानसिक समस्या
देखिएको पति शिवमंगलले बताए । ‘यस्तो विपत्ति
आउला भन्ने सोचेको थिएन,’ उनले भने, ‘५ दिनदेखि
रुवाबासी छ ।’ परिवारका सदस्यको घरमा उपचार
भइरहेको छ । घरमा प्रहरीबाहेक कुनै सरकारी निकाय
पुगेको छैन । अहिले गाउँ शोकमा डुबेको छ । छिकेकीकै
बालक मगरु पनि बेपत्ता भएकाले सबै पीडामा परेका
हुन् ।
गाउँमा अन्धविश्वास व्याप्त रहेको गाविस
पूर्वउपाध्यक्ष लोरिक यादवले बताए । विपन्न
समुदायमा पहिलेदेखि बिरामीलाई अस्पतालको
साटो गाउँका शोखा (झाँक्री) लाई देखाउने चलन
छ । ‘विपन्न परिवार भुत, प्रेत, टुना, बोक्सी भ्रममा
परेकाले यस्तो समस्या उब्जिएको हो,’ उनले भने,
‘चेतना नभएकाले सोझालाई पनि केही स्थानीयले
कमाउने माध्यम बनेका छन् ।’ बिरामी परेका बेला
स्थानीय बोका, बंगुरको बलि दिने गर्छन् । ‘गाउँमा
चेतना फैलाउन दर्जनौं एनजीओ छिरेका छन्,’ उपाध्यक्ष
यादवले भने, ‘तर उनीहरूको ध्यान चेतना फैलाउनेभन्दा
परियोजनाको अवधि सकाउनेमा बढी हुन्छ ।’
गाउँमा १ सय ३५ परिवारको बसोबास रहेको छ ।
अधिकांश ज्यालामजदुरी गरी छान टार्छन् ।
म्याद थप
जिल्ला प्रहरीले सोनुको हत्या अभियोगमा
शुक्रबार पक्राउ परेका ११ लाई अनुसन्धानका लागि
अदालतबाट आइतबार ७ दिनको म्याद थप गराएको छ
। ‘अनुसन्धान सुरु भए पनि धेरै कुरा पत्ता लगाउन
बाँकी छ,’ प्रहरी उपरीक्षक नल प्रसाद उपाध्यायले
भने, ‘अभियुक्तले हत्या स्विकारेका छन् ।’ बाँकी
हराएका बालकबारे अनुसन्धान गरिने उनले बताए ।
सोनुको हत्या अभियोगमा घाँटी रेटने कोदाई
हरिजन (चमार), झाँक्री (शोखा) गंगा हरिजन,
बालकको टाउको र हात समात्ने रुदल हरिजन, खुट्टा
समात्ने कोदाईका भाइ सूर्यभान पक्राउ परेका छन् ।
‘देउता’ चढेपछि मान्छेको मासु माग्ने कोदाईका १८
वर्षीया छोरा विजय, कोदाईकी पत्नी कान्ति,
छिमेकी लक्ष्मी हरिजन, सुनिता हरिजन, बुद्धिया
हरिजन, रामानन्द हरिजन र दिनानाथ हरिजनलाई
पक्राउ गरेर अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ
। साउन ५ गते बिहान विजयले शरीरमा ‘देउता’ चढेको
बताउँदै मान्छेको मासु मागेको भन्दै बालकको हत्या
योजना बनाएका हुन् । केही गाउँलेको सहयोग लिएर
हत्या गरेको कोदाईले बताएका छन् ।
घटनापछि झारभुक गर्ने झाँक्री (शोखा) गाउँमा
देखिएका छैनन् । हरिजनबाहेक गाउँमा ५ जना झाँक्री
(शोखा) थिए । तर अहिले कोही देखिएका छैनन् ।
गाउँलेमा अहिले शोखाप्रति आक्रोस छ । त्यही
कारण गाउँ छाडेको हुन सक्ने दिनानाथ कोहारले
बताए । ‘गाउँमा सायदै कसैले झारफुकमाथि विश्वास
गर्ला,’ उनले भने, ‘ककसलाई जवाफ दिने भनेर गाउँ
छाडेको हुन सक्छन् ।’
विद्यालय बन्द
कक्षा ३ का छात्रको हत्यापछि स्थानीय शम्भु
प्रावि रैवारेता बन्द भएको छ । कक्षा ४ मा पढदै
गरेकी ममता हरिजनले भनिन्, ‘हामीसँगै पढ्न जान्थ्यो
।’ सोनु परीक्षामा दोस्रो भएका थिए । ‘५ कक्षा
पढेर बेलाटारी पढन जान्छु भन्थ्यो,’ ममताले सम्झिन्,
‘सिलाइ पनि सिक्छु भन्थ्यो ।’ पहिले उनीहरू मिलेर
घुम्न जाने ठाउँमा सोनुलाई फयाँकिएको थियो ।
‘अब विद्यालयमा पनि एक्लै जान्नांै,’ उनले भनिन्,
‘एक्लै डर लाग्छ, धेरै जना सँगै जान्छांै ।’ ३ दिनदेखि
बालबालिका बाहिर निस्किन डराएका छन् ।
परिवारलाई समस्या
हत्यामा संलग्न ३ परिवारका घर खाली छन् ।
स्थानीयले घर भत्काइदिएका छन् । तिनका
परिवारलाई देखिसहेका छैनन् । समस्या भएपछि घरमा
बचेकाहरू आफन्तको शरणमा पुगेका छन् । आफन्तले पनि
सुरक्षा दिन नसक्ने बताएपछि थप समस्यामा परेका हुन्
। रुपौलियाको महलबारीस्थित आफन्तको घर गएका
३ बालकलाई नातेदारले प्रहरीमा बुझाइदिएका छन् ।
सुरक्षा दिन नसक्ने जनाउँदै इलाका प्रहरी
बेलाटारीमा बुझाएका थिए । ‘हत्यामा संलग्नका
परिवारलाई गाउँमा बस्न दिन्नांै,’ स्थानीय
रामदयाल कोहारले भने ।
अर्को बालक पनि बेपत्ता
गाउँबाट हराएका अर्का बालकको यसरी नै हत्या
गरिएको आशंका अभिभावक र गाउँलेले गरेका छन् ।
पत्याउन नसकिने घटनापछि गाउँलेले हराएका छिमेकी
बालक पनि ‘देउतालाई चढाएको’ आशंका गरेका हुन् ।
गाउँबाट १ वर्षअघि हराएका १४ वर्षीय मगरु भनिने
पुर्नवासी हरिजन पनि कोदाईका छिमेकी हुन् ।
उनको अहिलेसम्म पत्तो छैन । हराउनुअघि मगरु
कोदाईसँगै घुम्ने गरेको उनका बाबु रामनयनले बताए ।
‘उनीहरूसँगै घुम्थे, रक्सी पनि खुवाउथे,’ बाबुले भने, ‘पछि
बेपत्ता भयो ।’ मगरुकी आमा सिम्रिकका अनुसार
सोनुको शव फेलापछि आक्रोसित गाउँलले
अभियुक्तलाई कुटपिट गरेका थिए । ‘उनीहरू
(अभियुक्त) लाई समातेर अहिलेसम्म कति जनालाई
मार्यौं भनेर सोध्यौं,’ उनले कान्तिपुरसित भनिन्,
‘तिनीहरूले ३ जना देउतालाई चढाएको सुनाए ।’ उनले
छोराको हत्या भए/नभएको छानबिन गर्न माग गरिन्
। तस्बिर देखाउँदै उनले भनिन्, ‘४ छोरामध्ये कान्छो
थियो, वर्ष दिन भयो, फेला परेन ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved