भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ९ साउन– संसदबाट प्रधानमन्त्री छान्ने
अभ्यासका क्रममा २०४७ साल यता २१ जना
प्रधानमन्त्री छानिसकिएको छ । २४ वर्षमा २१
प्रधानमन्त्री छानिनुको मतलव यो प्रणाली विकृत
भएको प्रमाणित हुन्छ । वितेका २४ वर्षमा
प्रधानमन्त्री छान्न के के गरियो, यो पढ्नुहो्
–होटलमा सांसदर्ला जम्मा गरेर ब्लू फिल्म देखाएको
चर्चा चल्यो ।
–विपक्षमा भोट दिने आशंकामा सांसदलाई विदेश
घुम्न पठाइयो ।
–पैसा गरिएको सुटकेस बोकेर नेताहरु सांसद किन्न
हिँडे ।
– दल र देशको हितभन्दा पद प्यारो भयो, दलहरु
विभाजित भए ।
–८ सिट भएका लोकेन्द्रबहादुृर चन्द ८८ सिट भएको
एमालेको समर्थनमा प्रधानमन्त्री भए ।
–११ सिट भएका सूर्यबहादुर थापा ८३ सिट भएको
कांग्रेस समर्थनमा प्रधानमन्त्री भए ।
– राजनीति यति घिनलाग्दो भयो,
जनप्रतिनिधिलाई राजाले अपदस्त गर्दा पनि जनता
तत्काल प्रतिवादमा उत्रिएनन् । बरु राजा सक्रिय
भए ।
–गणतन्त्रपछि पनि दलहरु चेतेनन्, तत्कालीन तेस्रो दल
एमालेले दुई÷दुई वटा प्रधानमन्त्री पायो, पहिलो र
दोस्रो दल पालैपालो प्रतिपक्षमा बसे ।
–नयाँ पत्रिकाबाट

0 comments:
Post a Comment