भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
९ साउन – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ
नेता माधवकुमार नेपाल संविधानमा धर्मनिरपेक्षता
हटाएर धार्मिक स्वतन्त्रता राख्ने विषयमा एक मत
देखिएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा
देशभरिबाट आएका सुझावालार्य आधार मानेर उनीहरु
यस्तो निष्कर्षमा पुगेका हुन् । ओली र नेपाल दुवैले
धर्मनिरपेक्षता शब्द व्याख्या गलत भएकोले त्यसलाई
हटाएर धार्मिक स्वतन्त्रता राख्नुपनेै बताएका हुन्।
पछिल्लो पल्ट पार्टीका विभिन्न विषयमा दुई
नेताबीच विवाद भए पनि यस विषयमा दुवै एक
देखिएका छन् । ‘ धर्मनिरपेक्षता शब्दा राख्दा धर्म
परिवर्तनले प्रश्रय पाउँछ कि भन्ने आशंक प्रकट भएको छ
। नेपाली जनताका यी सबै आशंकालाई समेटेर
जानुपर्छ । यो हाम्रो पार्टीभित्र पनि छलफलको
विषय बन्छ । सबै धर्मका मानिसको चिन्ता र
चासोलाई समेटेर संविधान ल्याउनु पर्छ’ नेपालले भने ।
अध्यक्ष ओलीले शुक्रबार नै धर्मरिपेक्षताको अनुवाद र
व्याख्या नै गलत भएकोले त्यसको स्थानमा धार्मिक
स्वतन्त्रता राख्नु पर्ने बताए । उनले धर्म परिवर्तन गर्न
नपाउने व्यवस्था गरिनु पर्नेमा जोड दिए । आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments:
Post a Comment