Home » » अर्थमन्त्री महतलाई लक्षित गरी बम प्रहार...

अर्थमन्त्री महतलाई लक्षित गरी बम प्रहार...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, ४ साउन । गृहजिल्ला नुवाकोट जाँदै
गरेका अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी
पेट्रोल बम प्रहार भएको छ ।
सोमबार बिहान १० बजे नुवाकोटको ढिकुरेस्थित
गणेशस्थानमा अर्थमन्त्री चढेको गाडीलाई लक्षित
गरी पेट्रोल बम प्रहार भएको हो । पेट्रोल बम प्रहार
भए पनि अर्थमन्त्री र उहाँको टिम सुरक्षित रहेको
उहाँको सचिवालयले जानकारी दिएको छ ।
अर्थमन्त्री महतको टोली संविधानको
मस्यौदामाथि राय संकलन गर्न दुई वटा गाडीमा गृह
जिल्ला जाँदै थियो । आक्रमणकारीको पहिचान हुन
सकेको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved