Home » » सल्लाघारीमा भेटियो दुर्लभ सालक....

सल्लाघारीमा भेटियो दुर्लभ सालक....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भक्तपुर, साउन ११–नेपालमै दुर्लभ मानिएको जनावर
सालक भक्तपुरमा फेला परेको छ ।
भक्तपुरको सल्लाघारीस्थित ट्राफिक विट नजिकै
आइतबार बिहान सालक फेला परेको हो ।
ट्राफिक विटमा रहेका प्रहरीले नजिकैको झाडीमा
सालक देखेपछि महानगरीय प्रहरी परिसर भक्तपुरलाई
खबर गरेका थिए ।
चार केजी तौल, ३ फिट लम्बाइको उक्त सालकलाई
महानगरीय प्रहरी परिसरले जिल्ला वन
कार्यालयलाई बुझाएको भक्तपुरका प्रमुख एवम् प्रहरी
उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए ।
जिल्ला वन कार्यालयले उक्त सालक सूर्यविनायक
नगरपालिका सिपाडोलको तौथली सामुदायिक
वन उपभोक्ता समूहलाई बुझाएको प्रमुख वन अधिकृत
सूर्यकान्त सिग्देलले जानकारी दिए ।
समूहले पाएको सो सालकलाई वन उपभोक्ता समूहले सुरु
गरेको सालक संरक्षण क्षेत्रमा छोडिएको समूहका
अध्यक्ष दीपेन्द्रकुमार थापाले बताए । हालसम्म
सालक संरक्षण क्षेत्रमा ६ वटा सालक छोडिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved