Home » » यस्ता ३ प्रकारका मानिसलाई भलो गर्दा पनि दुःख पाइन्छ.

यस्ता ३ प्रकारका मानिसलाई भलो गर्दा पनि दुःख पाइन्छ.

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सामान्यतया अरुको भलाइ गर्नु हाम्रो संस्कारको
अभिन्न पाटो मानिन्छ । अरुको भलाइ गर्नु
सभ्यताको परिचायक पनि हो । तर सँधै यो लागु हुँदैन

पूर्वीय दर्शनका नीतिशास्त्री चाणक्यले ३
प्रकारका मानिसको भलाइ नै गर्दा पनि दुःख
पाइने हुँदा उनीहरुको भलाइबारे नसोंच्नु नै राम्रो हुने
बताएका छन् ।
टाढै रहनु पर्ने ३ प्रकारका स्त्री वा पुरुष
१ मूर्खाशिष्योपदेशेन दुष्टास्त्रीभरणेन च।
दु:खिते सम्प्रयोगेण पंडितोऽप्यवसीदति।।
अर्थात मुर्ख शिष्यलाई उपदेश दिन खोज्नु खतरनाक
हुन्छ । यदि कुनै स्त्री वा पुरुष मुर्ख छ र जुन कुरामा
पनि आफ्नै ढिपी गर्छ भने यस्तालाई उपदेश दिनु हुँदैन ।
हामी मुर्खलाई उपदेश दिएर भलाइ गर्न खोज्छौं तर
यस्को नतिजा उल्टो हुन्छ । मुर्ख मानिस
विनाकारण तर्क वितर्क मात्र होइन झगडा नै गर्न
कसिन्छ । त्यसैले यस्ता मानिसलाई उपदेश दिनुको
साटो टाढै बस्नुमा भलाइ छ ।
२ दुष्टास्त्रीभरणेन
अर्थात यदि कुनै स्त्री चरित्रहिन छ वा स्वभाव नै
खराव छ भने यस्ती स्त्रीमाथि पैसा खर्च गर्नु ब्यर्थ
हु्न्छ । यस्ता ब्यविचारी स्त्रीलाई भरण पोषण
गरेपनि सुख प्राप्त हुँदैन । यस्ता महिलाहरुलाई खाली
धनको मात्र लोभ हुन्छ । सज्जन पुरुष यस्ता स्त्रीको
संगत आएमा घर समेत विग्रने र झन्झटमा पर्ने खतरा हुन्छ ।
तसर्थ चरित्रहिन स्त्रीसँग पनि टाढै रहनु पर्छ ।
३ विनाकारण दुःखी भएर बस्ने मानिस
चाणक्य भन्छन् जो ब्यक्ति सँधै दुःखी रहन्छ उसबाट
पनि टाढै बस्नु पर्छ । कतिपय मानिस सबै कुरा प्राप्त
हुँदा पनि दुःखी हुन्छन् । यस्ता ब्यक्तिलाई सुखी
तुल्याउन सुझाव दिन खोज्नु मुर्खता हो । यस्ता
ब्यक्तिबाट दुःख र झन्झट मात्र प्राप्त हुन्छ । दुःखी
हुने स्वभाव भएका ब्यक्तिबाट टाढै बस्नु राम्रो हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved