भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई, श्रावण ५ - गत साता रिलिज भएको सलमान
खानको फिल्म ‘बजरंगी भाइजान’ले बक्स अफिसमा
राम्रो व्यापार गरिरहेको छ । तीन दिनमा सय
करोड कमाएको यो फिल्मको चर्चा भने अहिले
सलमानका उत्कृष्ट मध्येको फिल्मका रुपमा गर्न
थालिएको छ ।
बक्स अफिसमा थुप्रै हिट फिल्म दिए पनि सलमान
अवार्डको मामिलामा कम भाग्यमानी हिरो हुन् ।
तर, यसपटक भने सलमानले ‘बजरंगी भाइजान’का लागि
राष्ट्रि अवार्ड पाउनेसम्मका अनुमान गरिएको छ ।
फिल्ममा सलमानको भूमिका सुपरम्यान टाइपको छैन
। एक सामान्य युवाको भूमिकामा सलमान देखिएको
यो फिल्मलाई उनलाई दस उत्कृष्ट र भावुक फिल्ममध्ये
गणना गरिएको छ ।
यसअघि सलमानका मैने प्यार किया, लभ, साजन, हम
आपके है कौन, खामोशी, बन्धन, हम दिल दे चुके सनम, तेरे
नाम, फिर मिलेंगेजस्ता फिल्मलाई यो कोटीमा
राखिएको थियो ।
0 comments:
Post a Comment